प्रदेश नं ४ का २०५ मतदानस्थल अतिसंवेदनशील

प्रदेश नं ४ का २०५ मतदानस्थल अतिसंवेदनशील

  • आइतवार, मंसिर १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 14.1K
    SHARES

 

पोखरा, १० मंसिर । यही मंसीर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रदेश नं ४ का एक हजार २४७ मतदानस्थलमध्ये २०५ मतदानस्थल अतिसंवेदनशील ठहर गरिएको छ ।

पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालको अध्यक्षतामा शनिबार बसेको क्षेत्रीय सुरक्षा समितिको बैठकले ४६० संवेदनशील र ५८२ मतदानस्थललाई सामान्य रुपमा लिएको छ । त्यस्तै प्रदेश नं ५ का ९१० मतदानस्थलमध्ये २७२ अतिसंवेदनशील, २७४ संवेदनशील र ३६० लाई सामान्य मतदानस्थलमा वर्गीकरण गरी सोहीअनुरुप भरपर्दो एवं मजबुत एकीकृत सुरक्षा व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ ।

कपिलवस्तु, नवलपरासी (बर्दघाट सुस्तापूर्व), रुपन्देही र गोरखालाई अतिसंवेदनशील, कास्की, स्याङ्जा, म्याग्दी, बागलुङ्ग र अर्घाखाँचीलाई संवेदनशील र मनाङ, लमजुङ, तनहुँ, मुस्ताङ, पर्वत, पाल्पा, गुल्मी र नवलपरासी (बर्दघाट पश्चिम)लाई सामान्य जिल्लाका रुपमा वर्गीकरण गरिएको प्रदेश नं ४ को प्रहरी कार्यालयले जनाएकोे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ