बझाङकाे मतदान केन्द्र नजिकै बम विष्फोट, सुरक्षाकर्मीको गस्ती बढ्‍यो

बझाङकाे मतदान केन्द्र नजिकै बम विष्फोट, सुरक्षाकर्मीको गस्ती बढ्‍यो

  • आइतवार, मंसिर १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

१० मंसिर,बझाङ । मतदानको समय सुरु हुनु केही समय पहिला जिल्लामा बम विस्फोट गराइएको छ ।

बझाङको छविसपाथीभेरा गाउँपालिका वडा नम्बर–५ मा बिहान नचिनेको मानिसको समूहले बम विष्फोट गराएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार वडा नम्बर ५ को मतदान केन्द्र भन्द्र थलारा निमावि ब्यासी नजिकै बम विस्फोट भएको हो । विस्फोटसँगै मतदाता डराएका छन् भने सुरक्षाकर्मीले सतर्कता बढाएका छन् ।

बम विस्फोटको आवाज ठूलो आएपछि राजनीतिक पार्टीका कार्यकर्ता बाहेक सर्वसाधारण मतदाता मतदान सुरु हुने समयसम्म पनि कोही घरबाट ननिस्केको बताइएको छ ।

यसअघि शनिबार दिउँसो पनि छविसपाथीभेरा गाउँपालिकाको वडा नम्वर ४ को जंगलमा बम पड्किएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ