कालिकोटको मुम्रामा प्रहरी र स्थानीयबीच भिडन्त : २ घाइते , बुथ स्थानीयकाे कब्जामा

कालिकोटको मुम्रामा प्रहरी र स्थानीयबीच भिडन्त : २ घाइते , बुथ स्थानीयकाे कब्जामा

  • शनिबार, मंसिर ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

९ मंसिर,कालिकोट ।

कालिकोटको मुम्रामा निर्वाचन सुरक्षाको लागी गएको प्रहरी र स्थानीयबीच दोहोरो भिडन्त भएको छ । दोहोरो भिडन्तमा परी २ जना घाइते भएका छन् । उनीहरु प्रहरीले चलाएको गोली लागेर घाइते भएका हुन् ।

भोलि हुने मतदानको लागि सम्पूर्ण सामाग्री लिएर गएको प्रहरी र कर्मचारीहरुको तिलाई स्थानीयले घेराबन्दीमा पारी लखेट्न थालेपछि दोहोरो भिडन्त भएको हाम्रा स्थानीय संवाददाताले जानकारी दिएका छन् ।

शनिबार राती ९ बजेदेखी सुरु भएको स्थानीय र प्रहरीबीचको दोहोरो भिडन्त अहिले पनि जारी रहेको छ । राती करिब १० बजे स्थानीयले मुम्राको क्यूरी मतदान केन्द्रको सम्पूर्ण बुथ कब्जा गरेका छन् ।

मतदान केन्द्र नै स्थानीयले कब्जा गरेपछि सुरक्षाकर्मीहरु त्यहाबाट केही तल भागेका छन् भने कुनै पनि हालतमा मतदान गर्न नदिने भन्दै स्थानीयले मुम्रलाई घेरा हालेर बसेका छन् ।

घटनाका बारेमा अहिलेसम्म प्रहरीले केहि बताउँ चाहेको छैन । थप विवरण आउन बाँकी छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ