प्रकाशकाे मृत्युपछि सिर्जनाले मुख खोलिन्ः कतिपय पात्र र चरित्रलाई लिएर प्रचण्डलाई थप मर्माहत बनाउन चाहान्‍न

प्रकाशकाे मृत्युपछि सिर्जनाले मुख खोलिन्ः कतिपय पात्र र चरित्रलाई लिएर प्रचण्डलाई थप मर्माहत बनाउन चाहान्‍न

  • शनिबार, मंसिर ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

९ मंसिर,काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पुत्र स्व. प्रकाश दाहालकी जेठी श्रीमती सिर्जना त्रिपाठीले शोकको घडीमा परिवारसँग जोडिएका कतिपय पात्र र चरित्रलाई लिएर प्रचण्डलगायत परिवारजनलाई थप मर्मात बनाउन नचाहेको बताएकी छन् ।

शनिबार साँझ सिर्जनाले सामाजिक संजालमार्फत पति प्रकाशको निधनपछि पहिलो पटक मुख खोलेकी छन् ।

प्रचण्डलाई कमरेडको समृद्ध नेपालको चाहान सार्थक बनाउन सबै शोकका बेला पनि चुनावी मैदानमा रहेको बताउँदै यतिबेला व्यक्तिगत सन्दर्भ गौण रहेको अाफूले हेक्का राखेकी बताएकी छन् । उनले पार्टीलाई विजयी बनाउन एकजुट हुन समेत अाग्रह गरेकी छन् ।

सिर्जनाले समाजिक संजालमा यस्तो लेखेकी छन्

”प्रियजन, हामी यतिबेला शोकको घडीमा छौं । सँगै ऐतिहासिक चुनावी सँघर्षको राप र तापमा छौं । योबेला कमरेड अध्यक्ष जुन मेरो बुवा प्रचण्डको समृद्ध नेपालको चाहाना सार्थक बनाउन हामी सबै शोकका बेला पनि चुनावी मैदानमा छौं, यो अभिभाराका सामु कतिपय ब्यक्तिगत सन्दर्भ कम्तीमा पनि अहिलेलाई गौण रहेको मैले हेक्का राखेकी छु । म र मेरो परिबारलाई शोकको समयमा साथ दिने सबै जनमानसमा नमन गर्दछु । पार्टी अध्यक्ष कमरेड प्रचण्ड जुन मेरो बुवाको सल्लाह मेरो लागी मार्ग निर्देशक हुन । परिबारसँग जोडिएका र पार्टीका कतिपय पात्र र चरित्रलाई लिएर म यो शोकको घडीमा कमरेड अध्यक्षलगायत परिवारजन र पूरै पार्टीलाई थप मर्माहत बनाउन चाहान्न । हाम्रो सिड़गो पार्टीलाई बिजयी बनाउन हामी सबै एकजुट हुन आग्रह गर्दछु । साथै न्यायको पक्षमा तपाईँहरुको साथ सदा रहिरहने छ भन्ने पूर्ण बिश्वासकासहित बिदा हुन्छु ।”

सामाजिक संजाल र मिडियामा उनीबारे धेरै करा अाएपनि सिर्जनाले भने पहिलो पटक मुम खोलेकी हुन् । उनको यो स्टाटसले उनी केही भन्‍न अातुर छन् र जसले मनमा ठेस लागेको छ भन्‍ने प्रष्टै हुन्छ ।उनले यसअघि रेणु दाहालले मेयर पदमा जित हासिल गर्दा भाबुक स्टाटस लेखेकि थिइन ।

हेर्नुस् सिजर्नाकाे स्टाटस।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ