बाजुराको कालापानी मतदान केन्द्रमा बम विस्फोट

बाजुराको कालापानी मतदान केन्द्रमा बम विस्फोट

  • शनिबार, मंसिर ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

९ मंसिर,मार्तडी । चुनावको केही घण्टामात्रा बाँकी रहँदा जिल्लाका विभिन्न स्थानहरुमा बम विस्फोटका घटना भइरहेका छन् ।

यसैबीच त्रिवेणी नगरपालिका–८ को कालापानी मतदान केन्द्रमा शक्तिशाही सिलिण्डर बम विस्फोट भएको छ । पहिलो चरण अन्तरगत भोलि विहान ५ बजेबाट मतदानको तयारी भइरहेको बेला शनिबार साँझ सात बजेतिर बम विस्फोट भएको बताइएको छ । उक्त घटनापछि मतदान केन्द्रमा पुगेका सुरक्षाकर्मी र कर्मचारीको भागदौड मच्चिएको स्थानीयले कम्युनिस्ट न्यूज सेन्टरलाई जानकारी दिए ।

हिजो राति बड्डेली मतदान केन्द्रलगायतका ठाउँहरुमा पनि बम विस्फोट भएका थिए ।

क्षेत्रिय सुरक्षा समितिको शनिबार बसेको बैठकले बाजुरालाई जोखिमपूर्ण भन्दै थप सुरक्षाकर्मी परिचलन गरेको थियो । क्षेत्रीय कार्यालय दिपायल र अछामबाट हेलिकोप्टर र गाडीबाट बाजुरामा सुरक्षाकर्मी थप गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ