९ मंसिर,धनगढी । नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन शिक्षा सामाग्री कब्जा गरी जलाएको छ ।
कैलालीको घोडाघोडी नगरपालिका-४ मा शनिबार दिउँसो नेकपाका कार्यकर्ताहरुले निर्वाचन शिक्षा सामाग्री कब्जा गरी अागजनी गरेका हुन् ।
कैलालीका निर्वाचन क्षेत्र नम्बर ३ का मतदाताको लागि भन्दै घोडाघोडी पुगेका निर्वाचन अायोगको टोलीबाट उक्त सामाग्री कब्जा गरी जलाइएको बताइएको छ ।
यसैबीच नेपाल कम्युनिस्ट पार्टी कैलालीका सचिवालय सदस्य तथा भजनी नगर प्रमुख जितबहादुर घर्तीसहित तीन जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।शनिबार दिउँसो बर्दियाबाट गिरफ्तार गरेको तर कता राखेको छ भन्ने कुनै जानकारी नभएको नेकपाले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
