आज पनि कालिकोटको स्थीति तनाबग्रस्त , हेलिकप्टरबाट सेनाको हवाइ फायर

आज पनि कालिकोटको स्थीति तनाबग्रस्त , हेलिकप्टरबाट सेनाको हवाइ फायर

  • शनिबार, मंसिर ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

कालिकाेट , ९ मंसिर ।

पहिलो चरणमा भोली हुने प्रतिनिधसभा र प्रदेशसभा निर्वाचनको सामाग्री लिएर गएको सरकारी टोलिलाई स्थानीयबासिन्दाले लाखेटेपछि कालिकोटको अबस्था तनाबग्रस्त भएको छ ।
कालिकोटको पलाता गाउँपालिकाको डाफे मतदान केन्द्रमा जाँदै गरेको निर्वाचन सामाग्रीसहितको सरकारी टोलीलाई स्थानीयले ढुंगामुडा गरेर लखेटेका छन् ।
स्थानीय जनताले टोलीलाई लखेटेर निर्वाचन सामाग्री कब्जा गरेको सुचना पाउनासाथ सदरमुकाम मान्म खाडाचक्रबाट गएको सेनाको हेलिकप्टरले अहिले उक्त क्षेत्रमा फायरीङ गरेको छ ।
सेनाले हेलिकप्टरबाट गोली चलाउन थालेपछि सर्वसाधारण त्रसित बनेका छन् ।सेनाको हवाई गस्ती र फायरिङका कारण स्थानीय सर्बसाधारण घरबाहिर निस्किन सकेका छैनन् ।
हवाई गस्ती गरिरहेको सेनाको हेलिकप्टरले अहिलेसम्म २ दर्जन भन्दा बढी गोली प्रहार गरेको छ भने जंगल क्षेत्रमा बम समेत प्रहार गरेको बताइएको छ ।
गएको स्थानीय तह निर्वाचनमा मालकोटकै मालकोटका जनताले पुरै बुथ कब्जा गरेर मतपेटिका जलाउँदा भएको दोहोरो भिडन्तमा परी एक जनाको ज्यान जानुका साथै दर्जन बढी घाइते भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ