धादिङ मंसिर ९।नेपाली सेनाको मेजर भन्दै ठगी गर्ने एक व्यक्ति धादिङको गजुरीबाट पक्राउ परेका छन् ।
काठमाडौंस्थित सुकेधारा निवासी ३१ वर्षीय रोशन प्रसाई गजुरी बजारमा सेनाको पोशाक लगाई ट्रक चालकसँग झगडा गरीरहेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रहरी नियन्त्रणमा आएको दुई घण्टासम्म पनि वास्तविक सैनिक मेजरकै नाम बताउँदै उनले काठमाडौंको छाउनी व्यारेकमा कार्यरत रहेको बताएका थिए ।
उनले बताएको नामबारे बुझ्दा नक्कली मेजर भएको वास्तविकता खुलेको इलाका प्रहरी निरीक्षक सञ्जय तिमिल्सिनाले जानकारी दिनुभयो । यसअघि पनि उनले नेपाली सेनाका उच्च पदमा कार्यरत रहेको भन्दै ठगी गर्दै आएको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline