मतदान हुन १ दिन अघि फुङलिङमा शक्तिशाली बम विस्फोट

मतदान हुन १ दिन अघि फुङलिङमा शक्तिशाली बम विस्फोट

  • शनिबार, मंसिर ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

९ मंसीर, ताप्लेजुङ ।
ताप्लेजुङ सदरमुकाम फुङलिङ स्थित मतदान केन्द्रमा शक्तिशाली बम विष्फोट भएको छ ।
आज दिउँसो साढे १ बजे भानु जन मावि मतदान केन्द्रमा बम विष्फोट भएको हो । आईतबार मतदानको लागि ब्यवस्थापनको काम गरि सकिएको अवस्थामा उक्त बम विष्फोट भएको हो ।
बिष्फोट गरिएको १० मीटर छेउमा मतदान अधिकृत कुबेर नेपाली सहितको कर्मचारीले मतदाता परिचय पत्र वितरण गरिरहेका थिए । निर्वाचन अधिकृत नेपालीले थप सुरक्षाको व्यवस्था नभए, निर्वाचन गर्न नसकिने छोटो प्रतिकृया पत्रकारलाई दिएका छन् ।
बिष्फोट भएको स्थानमा १ मीटर वरिपरि र ठुलो खाल्डो परेको छ । बिष्फोटबाट मानवीय क्षति भएको छैन ।
जिल्लामा सुरक्षाको अवस्था कडा बनाईएको प्रमुख जिल्ला अधिकारी मोहन जीसीले भनिरहँदा उक्त विष्फोट भएको थियो । बम विष्फोट पछि उक्त मतदान केन्द्रलाई सुरक्षाकर्मीले घेरा हालेर अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ