नेम्लाको २८ औ स्थापना दिवश , देशभरी बिभिन्न कार्यक्रम गरी मनाईयो

नेम्लाको २८ औ स्थापना दिवश , देशभरी बिभिन्न कार्यक्रम गरी मनाईयो

  • शनिबार, मंसिर ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाण्डौ , ९ मंसिर ।
नेपाल पारा भेटेरिनरी एण्ड लाइफस्टक एसोसिएसन (नेम्ला )ले आज आफ्नोे २८ औ स्थापना दिवश देशभर बिभिन्न कार्यक्रम गरी मनाएको छ ।
स्थानीय तहमा पशु स्वास्थ्य शिविर , रेबिज बिरुद्धको खोप , स्कुलहरुमा जुनोटिक रोगको बारेमा जनचेताना कार्यक्रम , कृषकहरुसँग पशुपालन ब्यावसायसँग सम्बन्धि अन्तरक्रिया ,सरसफाइ लगायतका कार्यक्रम गरी नेम्लाले स्थापना दिवश मनाएको छ ।
देशभर रहेका नेम्लाका जिल्ला शाखाहरुले पनि आ आफ्नो क्षेत्रमा बिभिन्न कार्यक्रम गरेका छन् ।
यता काठमाण्डौमा रहेको केन्द्रिय कार्यलयले नयाँ बानेश्वरमा रहेको निजामती अस्पतालको हेमाटोलोजी र अन्कोलोजी विभागमा उपचारार्थ ३० जना बिरामीहरुलाइ फलफुल वितरण गरेको थियो ।
कार्यक्रममा अस्पताल प्रसासन संयोजक माधव प्रसाद घिमिरे , नेम्लाका अध्यक्ष रामप्रसाद मेहता , पूर्व अध्यक्ष लोकराज भुसाल र पूर्ण बहादुर बढा लगायतको सहभागीता थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ