गिरफ्तार परेकाको विनाशर्त रिहाइ गर : प्रकाण्ड (बिज्ञप्तीसहित)

गिरफ्तार परेकाको विनाशर्त रिहाइ गर : प्रकाण्ड (बिज्ञप्तीसहित)

  • शनिबार, मंसिर ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

काठमाडौ, ९ मंसिर । नेपाल कम्युनिस्ट पार्टीले गिरफ्तार आफ्ना नेता, कार्यकर्ता र जनताको विनाशर्त रिहाइको माग गरेको छ ।
पार्टी प्रवक्ता खड्गबहादुर बिश्वकर्मा (प्रकाण्ड)ले विज्ञप्ति निकालेर हालसम्म पार्टीका पोलिटब्युरो सदस्य सहित ४५० भन्दा बढि नेता, कार्यकर्ता र जनतालाई गिरफ्तार गरिएको प्रति घोर भत्र्सना गर्दै उनिहरुको विनाशर्त रिहाइको माग गर्नुभएको हो ।
कथित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले दलाल संसदीय व्यवस्थालाई पक्षपोषण गर्ने भएकाले यसलाई पार्टीले खारेज गरेको उहाँले स्पष्ठ पानुभयो ।
विज्ञप्तिमा भनिएको छ , जनताको घरदैलोमा हिँडिरहेका नेता र कार्यकर्तालाई राज्यसत्ताले फाँसिष्ट शैलीमा गिरफ्तार गरिरहेको छ । त्यसक्रममा कलेजोको बिरामीका कारण कोमामा रहेका छोराको उपचाररत हाम्रो पार्टीका पोलिटब्युरो सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजंग’ को गिरफ्तारीले हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । पार्टी यो फाँसिष्ट तथा अमानवीय दमन–अत्याचारको घोर भत्र्सना गर्दछ ।
अहिलेसम्म जिल्ला इन्चार्जहरू पुस्कर श्रेष्ठ, माधव गौतम, जितेन्द्र मोहरा ‘महावीर’, लालबहादुर विसी, पूर्वी ताम्सालिङ स्वायत्त प्रदेशका प्रमुख मनिक लामा ,पूर्व केन्द्रीय सदस्य सरला रेग्मी, गण्डक ब्युरो सदस्य कपिल भट्ट, लगायत गिरफ्तारमा परेका छन् ।

विज्ञप्तिको पूर्ण विवरण यस प्रकार रहेको छ –

“कथित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले दलाल संसदीय व्यवस्थालाई पक्षपोषण गर्ने भएको हुनाले यसलाई खारेज गर्दै वैज्ञानिक समाजवादको विकल्पमा अगाडि बढ्ने भन्दै जनताको घरदैलोमा हिँडिरहेका नेता र कार्यकर्तालाई राज्यसत्ताले फाँसिष्ट शैलीमा गिरफ्तार गरिरहेको छ ।

त्यसक्रममा कलेजोको बिरामीका कारण कोमामा रहेका छोराको उपचारको लागि अन्तिम प्रयासमा रहनुभएका हाम्रो पार्टीका पोलिटब्युरो सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज क. चन्द्रबहादुर चन्द ‘वीरजंग’ को गिरफ्तारीले हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । त्यसैगरी मोरङ जिल्ला इन्चार्ज क. पुस्कर श्रेष्ठ, धनकुटा इन्चार्ज क. माधव गौतम, कोसी ब्युरो सदस्य क. जितेन्द्र मोहरा ‘महावीर’, चितवन इन्चार्ज क. लालबहादुर विसी, पूर्वी ताम्सालिङ स्वायत्त प्रदेशका प्रमुख क. मनिक लामा पूर्व केन्द्रीय सदस्य क. सरला रेग्मी, गण्डक ब्युरो सदस्य क. कपिल भट्ट, भोजपुरा स्वायत्त प्रदेशका प्रमुख क. विगा चौरसिया, पाल्पा इन्चार्ज क. पार्वती वि.क. ‘सामना’, पाल्पा सचिव क. भुवन के.सी., रोल्पा इन्चार्ज क. दलबहादुर खत्री ‘जागृति’, रोल्पा सचिव क. सन्तोष सुवेदी ‘प्रयास’, नवलपरासी इन्चार्ज क. पदम के.सी. ‘जुझारु’, थारुवान स्वायत्त प्रदेश प्रमुख क. रामबहादुर चौधरी, रसुवा सचिव क. चेरुङ तामाङ, लम्जुङ सचिव क. सन्तोष कोइरालालगायत सयौंलाई गिरफ्तार गरिएको छ । केही दिन अघि विराटनगर न्यूरो अस्पतालमा उपचार गराइरहनु भएका पार्टीका केन्द्रीय सदस्य सन्तकुमार लिम्बुलाई उपचार नै गर्न नदिइ गिरफ्तार गरिएको छ ।

हाम्रो पार्टी यो फाँसिष्ट तथा अमानवीय दमन–अत्याचारको घोर भत्र्सना गर्दछ । पार्टीका पोलिटब्युरो सदस्य चन्द्रबहादुर चन्दसहित ४५० जना भन्दा बढि नेता कार्यकर्ता र जनताको विनाशर्त रिहाइको माग गर्दछ । अन्यथा इतिहासका निर्माता जनताको शक्तिशाली प्रतिरोधलाई कसैले रोक्न सक्ने छैन ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ