अाज तेस्रो उद्योग दिवस , निर्वाचनका कारण अाेझेलमा

अाज तेस्रो उद्योग दिवस , निर्वाचनका कारण अाेझेलमा

  • शनिबार, मंसिर ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाडौं, मंसिर ९  । अाज शनिबार तेस्रो उद्योग दिवस परे पनि अाैपचारीक कार्यक्रम भने छैनन् ।  हरेक वर्ष मंसिर ९ गते उद्योग दिवस मनाइन्छ ।   भाेली आइतबार हुने चुनावका कारण दिवस ओझेलमा परेको छ ।

चुनावका लागि उद्योगमन्त्री सुनिलबहादुर थापा गृहजिल्ला धनकुटामा रहेका तथा अरु कर्मचारी चुनावको लागि खटिएका छन् ।

वि.सं. १९९२ को मंसिर ९ गते उद्योग परिषद स्थापना भएको दिनको सम्झनामा २०७२ सालदेखि यो वर्षदेखि दिवस मनाउने निर्णय गरिए पनि त्यसो हुन सकेको छैन । २०७२ सालमा आएको भूकम्प र भारतीय नाकाबन्दीका कारण पहिलो उद्योग दिवस प्रभावकारी रुपमा मनाउन सकिएन ।

पोहोर पनि उद्योगमन्त्री र उद्योगसचिव देशबाहिर हुँदा बोलाएका अतिथि पनि दिवसको कार्यक्रममा सहभागी भएनन् । यसपाली पनि चुनावका कारण दिवस औपचारिकता मै सिमित भएको छ । उद्योग दिवसको अवसरमा रोजगारी, राजश्व, स्वदेशी कच्चा पदार्थ प्रयोग तथा स्वदेशी वस्तु निर्यात हस्तकला तथा परम्परागत क्षेत्रकका व्यवसाय संचालन लगायतका विशिष्ट औद्योगिक व्यक्ति चयन गरि सम्मान गर्ने घोषणा समेत गरिएको थियो ।

तर घोषणा भएको तीन वर्षमा पनि कुनै उद्योगी सम्मानित भएका छैनन् । यसवर्ष पनि कुनै कार्यक्रम नभएको उद्योग मन्त्रालयले जनाएको छ । दिवसको अवसरमा उद्योग विभागले भने आफ्नो कार्यालय अगाडि सरसफाई कार्यक्रम गर्दैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी