विवाह भए लगत्तै जीप दुर्घटना हुँदा बेहुला बेहुली सहित ७ जनाको मृत्यु

विवाह भए लगत्तै जीप दुर्घटना हुँदा बेहुला बेहुली सहित ७ जनाको मृत्यु

  • शनिबार, मंसिर ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 14.1K
    SHARES

रुकुम, मंसिर ९ । रुकुममा भएको दुर्घटनामा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ । पश्चिमको मुसिकोट नगरपालिका ६ मा शुक्रबार स्कारपियो जीप दुर्घटना हुँदा अरु तीन जना गम्भीर घाईते भएका छन् । रुकुम पूर्वको रुकुमकोटबाट रुकुम पश्चिमका लागि छुटेको ग १ ज ४२६० नम्बरको स्कारपियो जीप मुसिकोट नगरपालिका ६ डाडीगाउँस्थित सडकबाट करीब २०० मिटर तल खसेको थियो ।

मृत्यु हुनेमा रुकुम पूर्व सिस्ने गाउँपालिका ६ का नविन श्रेष्ठ, उनकी श्रीमती अनिता प्रधान, मुसिकोट नगरपालिका १ का सुदन श्रेष्ठ, उनका बुवा शेरबहादुर श्रेष्ठ, जनक शाह, मुसिकोट नगरपालिका १ की सूर्यखा शाह र त्रिवेणी गाउँपालिका १ की यमुना मल्ल छन् । मृतक नविन श्रेष्ठ प्रहरी निरीक्षकसमेत हुन् ।

मृतक श्रेष्ठ विहीबार मात्र नवदुलही घरमा भित्र्याएर काममा फर्किदै थिए । मृत्यु हुने सबै नविन श्रेष्ठका आफन्त रहेको र उनीहरु पनि श्रेष्ठको विवाहमा गएर दुलाहा दुलहीसँगै मुसिकोट फर्किदै थिए ।

घाईते हुनेमा टेकबहादुर खत्री, प्रेम थापा र अर्का एकजना छन् । घाईतेको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, म्यादी प्रहरी र स्थानीयले उद्धार गरी जिल्ला अस्पताल सल्ले लगेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ