अाज (शुक्रवार) साझ पोखरा र लहानमा बम बिस्फाेट, स्थानीयवासी त्रसित

अाज (शुक्रवार) साझ पोखरा र लहानमा बम बिस्फाेट, स्थानीयवासी त्रसित

  • शुक्रबार, मंसिर ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

 

पोखरा, ८ मंसिर । पोखरा लेखनाथ महानगरपालिका–९ नयाँबजारस्थित वाम गठवन्धनको सम्पर्क कार्यालयमा आज साँझ कुकर बम विष्फोट गरिएको छ ।

वाम गठबन्धन चुनाव प्रचार प्रसार समिति–९ द्वारा सञ्चालित सम्पर्क कार्यालयमा भएको बम विष्फोटबाट घरको सटरमा क्षति पुगे पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खड्गबहादुर खत्रीले बताउनुभयो । घना बस्ती भएको सो ठाउँमा बम विष्फोट भएपछि स्थानीयवासी त्रसित भएका छन् ।

उता लहान – अज्ञात समूहले आज साँझ सिरहाको मिर्चैया नगरपालिका–५ स्थित वाम गठबन्धनको सम्पर्क कार्यालयमा बम विष्फोट गराएको छ भने संघीय समाजवादी फोरम नेपालको प्रचार गाडीमा बम फेला परेको छ । वाम गठबन्धनका तर्फबाट सिरहा क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार अजयशंकर नायकले खोलेको गठबन्धनको सम्पर्क कार्यालयमा बम विष्फोट गराइएको हो ।

कार्यालयको नवनिर्मित माथिल्लो तलामा कुकर बम विस्फोट भएको तर कुनै मानवीय तथा भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक राजेन्द्र भेटवालले जानकारी दिनुभयो । विष्फोट गराइएको ठाउँमा जयकृष्ण गोइतको हस्ताक्षर रहेको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा फेला परेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ