काठमाण्डौ , ८ मंसिर ।
नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा लुम्बिनी ब्युरो ईन्चार्ज चन्द्रबहादुर चन्द ‘बिरजंग’ लाई प्रहरीले आज गिरफ्तार गरेको छ ।
कुपण्डोलस्थित निदान अस्पतालको कोमामा राखेर बिरामी छोरालाई उपचार गराइरहेका नेता चन्दलाई प्रहरीले दिउसो काठमाडौँको नारायणथानबाट गिरफ्तार गरेको हो ।
छोरामा कोमामा राखेर उपचार भईरहेकोले पैसा अभाव भएपछि आफन्तकोमा उपचार खर्च खोज्न गएको मौका छोपी बिरजंगलाई गिरफ्तार गरेको नेकपाका पोलिटब्युरो सदस्य मोहन कार्कीले जानकारी दिनुभयो ।
आफुहरु चुनाव प्रचारप्रसारमा आएका हौ भन्दै सिभिलमा आएको प्रहरीले अपहरणको शैलीमा गिरफ्तार गरेको नेता कार्कीले बताउनु भयो ।
प्रतिनिधसभा र प्रदेशसभा निर्वाचन नजिकिंदै जाँदा निर्वाचन बिरोधी गतिबिधिमा संलग्न रहेको आरोप लगाउंदै देउवा नेतृत्वमा रहेको कांग्रेस माओवादी सरकारले नेकपाका नेता कार्यकर्ताहरुमाथि ब्यापक धरपकड र दमन गर्न थालेको भन्दै नेता कार्कीले बिरोध गर्नुभएको छ ।