बूढीगन्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमै बनाउने सरकारको निर्णय

बूढीगन्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमै बनाउने सरकारको निर्णय

  • शुक्रबार, मंसिर ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

काठमाडौं, मंसिर ८ ।
सरकारले १२ सय मेगावाटको जलाशययुक्त बूढीगन्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमै बनाउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले इपीसी मोडलमा आयोजना अगाडि बढाउन नेपाल विद्युत् प्राधिकरणलाई जिम्मा दिने निर्णय गरेको हो ।

यस्तै, बैठकले लगानीसहितको योजनाको खाका तयार पार्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा एक समिति गठन पनि गरेको उपप्रधान एवं ऊर्जामन्त्री कमल थापाले जानकारी दिनुभएको छ ।

समितिमा अर्थसचिव, ऊर्जासचिव, नेपाल राष्ट्र बैंकका गभर्नर र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक सदस्य रहेका छन् । समितिलाई १५ दिनभित्र खाका तयार पार्न निर्देशन दिइएको मन्त्री थापाले जानकारी दिनुभएको छ ।

बूढीगन्डकी आयोजनाका लागि एक अर्ब रुपैयाँको लगानी गरेर यसअघि विस्तृत् अध्ययन भइसकेको छ ।

तत्कालीन पुष्पकमल दाहाल सरकारले चिनियाँ कम्पनी चाइना गेजुवालाई आयोजना बनाउन गरेको सम्झौता केही दिनअघि वर्तमान मन्त्रिपरिषद्ले खारेज गरेको थियो ।

बूढीगन्डकी जलविद्युत् आयोजना ८ वर्ष्भित्र सम्पन्न गर्ने सरकारको योजना रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ