भक्तपुर , ८ मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी भक्तपुरले गिरफ्तार गरिएका आफ्ना नेता कार्यकर्तालाई तत्काल रिहा गर्न माग गरेको छ ।
जिल्ला सेक्रेटरी कुशल बोगटिले आज बिज्ञप्ती निकालेले राजनितिक आस्थाकै आधारमा प्रहरीले बिना कारण नेकपाका नेता कार्यकर्तामाथि धरपकट र गिरफ्तार गर्ने कार्य जारी राखेको भन्दै यस्तो कार्य बन्द गरी गिरफ्तार सबैलाई रिहा गर्न माग गथर्नुभएको हो ।
जिल्ला सचिवालय सदस्य रामकुमार तामाङ , जिल्ला सदस्य तथा नेवा मुक्ती मोर्चाका अध्यक्ष राजाराम लागेजु र सदस्य किरण गोरसाई तथा जिल्ला सदस्य धनराज तामाङलाई मध्यरातमा प्रहरीले गिरफ्तार गरेको भन्दै उनीहरुलाई बिना सर्त रिहा नगरिए कडा संघर्षमा उत्रने बोगटिले चेतावनी दिनुभएको छ ।
तामाङ , लागेजु रगोरसाईलाई जिल्ला प्रहरी परिसर भत्तपुर र धनराजलाई जगाति प्रहरी परिसरमा राखिएको जनाईएको छ ।
कथित संसदीय निर्वाचन खारेजी अभियानमा रहेको नेकपाले शान्तिपूर्ण रुपमा आफ्ना गतिबिधि अघि बढाईरहेकाबेला पार्टीका नेता कार्यकर्तामाथि राज्यपक्षबाट भएको धरपकड र ज्यादतीको घोर भत्सना गर्दछौ बिज्ञप्तीमा भनिएको छ ।
पार्टीको निती र विचारमाथि आस्था राखेकै आधारमा शुभचिन्तक तथा सर्वसाधारण नागरिकको गिरफ्तारी तथा अमानवीय कार्य बन्द गर्न पनि आग्रह गर्दैछौ बि१प्तीमा लेखिएको छ ।