पूर्वयुवराजकी प्रेमिका देवयानीलाई एमाले-माकेका कार्यकर्ताले पानीको जारले हानेपछि भागाभाग

पूर्वयुवराजकी प्रेमिका देवयानीलाई एमाले-माकेका कार्यकर्ताले पानीको जारले हानेपछि भागाभाग

  • शुक्रबार, मंसिर ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

८ मंसिर,चौतारा । नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताहरुले पूर्वयुवराज स्व. दिपेन्द्रर शाहकी प्रेमीका देवयानी राणलाई लखेटेका छन् ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका बुबा पशुपति शमसेर राणाको प्रचारमा जुटेकी देवयानीले शुक्रबार चौतारा साँगाचोकगढी–७, कल्लेरीबाट लखेटेका हुन् ।

आचारसंहितविपरित मौन अवधिमा नेपाली काँग्रेस र राप्रपाका कार्यकर्ताहरुले सभा गरेको भन्दै एमाले र माकेका कार्यकर्ताले खलेटेका हुन् । दुबै पक्षबीच झडप भएको थियो ।

देवयानीले गाउँमा सभा गरेको खबर पाएपछि चौैताराबाट एमाले र माकेका कार्यकर्ताहरु कल्लेरी गएका थिए । स्थानीय काँग्रेस नेता यज्ञप्रसाद दंगालको महिलाहरु बटुल्दै सभा गरेका कारण आफूहरुले रोकेको एमाले–माकेका कार्यकर्ताहरुले बताएका छन् ।

एमाले कार्यकर्ताहरुले देवयानी राणालाई पानीको जारले हानेका थिए । तर, देवयानीले छलेर भागेकी थिइन् । एमाले र माकेका कार्यकर्ता लठीसिहत पुगेका थिए ।

झडप नियन्त्रण लिएपछि प्रहरीले सुरक्षाको लागि भन्दै देवयानीलाई चौतारास्थित नेपाली सेनाको क्याम्पमा पु¥याएको थियो । झडपबाट कसैलाई क्षति नपुगेको प्रहरीले जनाएकोे छ ।

एमाले र माकेका कार्यकर्ताहरुले देवयानीलाई जिल्लाबाटै बाहिर पठाउनु पर्ने दवाव दिएका थिए । प्रहरीले देवयानीलाई बाहिर पठाउने भन्दै स्कटिङ गरेर पुनः कल्लेरी पुर्याएको छ ।

एमाले र माओवादी केन्द्रका कार्यकर्ता पनि दल बलसहित कल्लेरीतिर लागेका छन् । सम्भावित झडपलाई रोक्ने प्रयास प्रहरीले गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ