कमलादीमा गोली चलाउने भातरीय ‘सुटर’ मोदीका कार्यकर्ता , यसरी भयो खुलासा

कमलादीमा गोली चलाउने भातरीय ‘सुटर’ मोदीका कार्यकर्ता , यसरी भयो खुलासा

  • शुक्रबार, मंसिर ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

८ मंसिर,काठमाडौँ । तीन साता अघि काठमाडौँको कमलादीको एक डान्सबारमा गोली चलाउने भारतीय ‘सुटर’ भारतीय जनता पार्टीका कार्यकर्ता भएको खुसाला भएको छ ।

प्रहरीको तीन साता लामो अनुसन्धानबाट सुटर जसवन्त सिंह भारतीय जनता पार्टीका नेता भएको खुलेको हो । उनले प्रहरीको जागिर छोडेर राजनीतिमा लागेको अनुसन्धानले पत्ता लगाएको हो ।

सिंह भारतीय जनता पार्टीको तर्फबाट पञ्जाबको लुधियाना जिल्लामा सरपञ्चमा विजयी भएको तथ्य खुलेको हो । सिंहको कार्यकाल गत वर्ष मात्र सकिएको थियो । सरपञ्च नेपालमा गाउँपालिका प्रमुखजस्तै पद हो ।

त्यस्तै पक्राउ परेका अर्का भारतीय नागरिक हरदेवेन्द्र सिंह भारतको केन्द्रीय विद्युत् प्राधिकरणका सहायकस्तरका कर्मचारी हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौैंका डिएसपी बेलबहादुर पाण्डेका अनुसार दुबै जनालाइ ज्यान मार्ने उद्योग र हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान भइरहेको छ ।

गत कात्तिक १५ गते कमलादीको हेरिटेज प्लाजामा रहेको ‘ज्याक डेनियसल्स रेस्ट्रो वुथ डान्सबार’ गोलीकाण्डपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ