काठमाडौ ८ मंसिर ।
पृथ्वी राजमार्ग अन्तरगत धादिङको दुई छुट्टा छुट्टै स्थानमा आज बिहान सकेट बम फेला परेको छ । गजुरी गाउँपालिका वडा नं. ५ घाटबेसीस्थित राजमार्ग छेउमा राखेको सकेट बम गजुरी स्थित नेपाली सेनाले डिस्पोज गरेको जनाएको छ ।
यस्तै गल्छी गाउँपालिका वडा नं. ६ स्थित पृथ्वीराजमार्ग छेउको नमस्ते ग्यास उद्योगलाई लक्षित गरेर राखिएको सकेट बम बैरेनी स्थित सेनाले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।
ग्यास उद्योगलाई लक्षित गरेर राखेको बम कामदारले नचिनेर बाहिर बोकेर लाँदै गर्दा जानकारी पाएपछि छाडेर भागेका थिए ।
बम भेटिएपछि पृथ्वी राजमार्ग केहीबेर अवरुद्ध बनेको थियो । राजमार्ग क्षेत्रमा केही दिनदेखि बम राखिएका कारण सुरक्षा चुनौती थपिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline