कांग्रेस कार्यकर्ताद्धारा महिलामाथि कुटपिट : घाईतेको अवस्था गम्भिर

कांग्रेस कार्यकर्ताद्धारा महिलामाथि कुटपिट : घाईतेको अवस्था गम्भिर

  • शुक्रबार, मंसिर ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

रुकुमा , ८ मंसिर ।

रुकुमको सानीभेरी गाउँपालिका–७, सहरेकी कल्पना बुढामाथी कुटपिट भएको छ । कुटपिटबाट कल्पना गम्भिर घाइते भएकी छिन् ।

घाइते बुढालाई चौरजहारी अस्पतालमा प्राथमिक उपचार पछि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न भएको आशंकामा प्रहरीले ४ जनालाई पक्राउ गरिसकेको छ ।

पक्राउ पर्नेमा चौरजहारी नगरपालिका–९, का नरेन्द्र मल्ल, सोही नगरपालिका–१, तेजबहादुर विष्ट, ३ नम्वर वडाका प्रेम मल्ल र १ नम्वर वडाका शंकर विक रहेका छन् । उनीहरु विहीबार जिल्ला सदरमुकाम खलंगामा आयोजित नेपाली कांग्रेसको चुनावी सभामा सहभागी भएर फर्कदै गरेका कांग्रेसका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ ।

सहरेमा घटना भएको र आवश्यक अनुसन्धानको लागि ४ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताउनु भयो ।

घाइते कल्पना सानीभेरी गाउँपालिका–७, का वडाअध्यक्ष कुलबहादुर बुढाकी पत्नी हुन् । अध्यक्ष बुढाले चोटका कारण पत्नी हालसम्म पनि अचेत रहेको बताउनु भयो ।

नेकपा माओवादी केन्द्रले कांग्रेस कार्यकर्ताले जानाजान कल्पनामाथी कुटपिट गरेको आरोप लगाएको छ । जिल्ला इञ्चार्ज राजकुमार शर्माले कुलबहादुर बुढामाथी कुटपिट गर्न गएका कांग्रेस कार्यकर्ताले उनलाई नभेटेपछि उनकी श्रीमतीलाई कुटपिट गरेको आरोप लगाउनु भयो ।

उता नेपाली कांग्रेसले भने चुनावी सभाबाट फर्कंदै गरेका आफ्ना कार्यकर्ता चढेको गाडीमा आक्रमण भएको बताएको छ । ढोका लगाएर गाडी चलिरहेको समयमा गाडी रोकी ढुङ्गामुढा गरिएको बताउदै कांग्रेस महासमिति सदस्य तथा प्रदेशसभा सदस्य तर्फको ख निर्वाचन क्षेत्रका प्रत्यक्ष उम्मेदवार खड्कबहादुर डाँगीले आफ्ना कार्यकर्ताले रक्षात्मक प्रतिकार गरेकोले पक्राउ परेकालाई तत्काल रिहा गर्नुपर्ने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ