काठमाडौं, मंसिर ८ ।
पूर्व जनमुक्ति सेना नेपालले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यका सहित मुलुकभर सामान्य प्रभाव परेको छ ।
उपत्यकामा अहिले सामान्य रुपमा सवारीसाधनहरु सञ्चालनमा आएको ट्राफिक प्रहरीले बताएको छ । उपत्यका भित्रने र बाहिरिने सवारी साधन भने हिजोअस्तिको भन्दा कम चलेको मुख्य नाका नागढुंगाले जनाएको छ ।
त्यहाँबाट बिहान एक दुई बजेतिर नै धेरै गाडी काठमाडौं छिरिसकेको र अहिले ५०–६० वटा गाडी नागढुंगामा रहेका ट्राफिक प्रहरीले जनाएको छ ।
यद्यपी नेपाल कम्युनिस्ट पार्टीले आजको नेपाल बन्द आफ्नो पार्टीले आयोजना नगरेको स्पष्ट पारेको छ ।
नेकपाले नेपाल बन्दको आयोजना गरेको भनदै संचारमाध्यम र मानव अधिकारवादी संस्थाहरुको चिन्ताप्रति नेकपाले ध्यानाकर्षण भएको जनाउको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline