काठमाडौ ८ मंसिर ।
धनकुटाको फुङसुवा खोला नजिक आज बिहान बम विष्फोट भएको छ ।
धनकुटा नगरपालिका –९ र खाल्सा छिन्ताङ शहीदभुमी गाउँपालिका –७ को सिमानामा पर्ने फुङसुवा खोला क्षेत्रमा वाम गठबन्धनले आज गर्ने भनिएको कार्यक्रमलाई लक्षित गरी विष्फोट गराइएको हो ।
आज बिहान भएको वम विष्फोटमा परि पैदलयात्री तेजबहादुर कार्की घाईते भएको प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले प्रहरी पुगेको धनकुटाका प्रहरी उपरीक्षक सुदिपराज भण्डारीले जानकारी दिनुभयो ।
वम विष्फोट कसले गराएको हो भन्ने केहि खुल्न सकेको छैन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline