धर्मका नाममा महिलामाथि याैन शाेषण, उपचार गराइदिने बहानामा बलात्कार गर्ने धर्म गुरू पक्राउ !

धर्मका नाममा महिलामाथि याैन शाेषण, उपचार गराइदिने बहानामा बलात्कार गर्ने धर्म गुरू पक्राउ !

  • शुक्रबार, मंसिर ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

काठमाण्डाै , ८ मंसिर ।  धर्मको आवरणमा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा काठमाण्डौबाट एक धर्म गुरुलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा औतारी लामा भनिने गुरु रिम्पोछे छोल्ठिम दोर्जे योन्तान टोल्कु लामा रहेका छन् ।

प्रहरीको कन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले सिन्धुलीको दुम्जा घर भएका ५५ वर्षीय लामालाई दक्षिण्कालीबाट पक्राउ गरेको हो ।

लामाले बिरामी महिलाहरुलाई उपचार गर्ने भन्दै जबर्जस्ती करणी गर्नुका साथै करणीको प्रयासहरु गरेको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार पेमा टासी छेटुङ गुम्बा दक्षिणकालीमा बस्ने लामाले आफूसँग दैवी शक्ति भएको भन्दै सबै रोग निको पार्न सक्छु भन्ने दाबी गर्थे । त्यसपछि आफूसँग उपचार गर्न आउने महिलालाई बलात्कार गर्ने गर्थे । बलात्कार गरेपछि आफू रिसाए अनिष्ट हुन भन्दै धम्क्याउने गरेका थिए ।

उनले युवतीहरुसँग यौनसम्बन्ध राखी फोटो खिच्नुका साथै भिडियो पनि बनाउने गरेको पनि सिआइबीले जनाएको छ । लामाले अश्लिल फोटो रभिडियोहरु सामाजिक सञ्जालमा राख्ने गरेको प्रहरीले जानकारी दिएको छ ।
उनलाई यौन दुर्व्यवहार र विद्युतीय अपराध अन्तर्गत पक्राउ गरेर अदालतबाट ५ दिन म्याद थप गरी थुनामा राखेर अनुसन्धानका थालिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ