इटहरीमा आयोजित चुनावी सभामा शक्तिशाली बम बिस्फोड , सहभागीको भागाभाग

इटहरीमा आयोजित चुनावी सभामा शक्तिशाली बम बिस्फोड , सहभागीको भागाभाग

  • बिहिबार, मंसिर ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

सुनसरी , ७ मंसिर ।
सुनसरीको इटहरीमा आयोजित वाम गठबन्धनको चुनावी सभालाई लक्षित गर शक्तिशाली बम विस्फोट भएको छ ।
इटहरी नगरपालीको वडा नम्बर ५ जनता बस्तीको पिपलबोटमा आयोजना गरेको चुनावी सभा छेउमै बम विस्फोट भएको हो ।
एमालेबाट प्रदेश सभाका उम्मेदवार सर्बधोज लिम्बु र माओवादी उम्मेदवार डम्बर सुबेदी लगायतका नेताहरु चुनावी सभामा सहभागि थिए ।
बबम बिस्फोट भएपछि सभामा सहभागीहरुबीच भागाभाग भएको थियो । विस्फोटबाट मानबीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक सञ्जय राउतले बम कसले पड्कायो भनेर अनुसन्धान भइरहेको बताउनुभएको छ ।
यसअघि मोरङको रमाईलोमा आयोजित काग्रेसको चुनावी सभामा नजिकै पनि बम बिस्फोट भएको थियो । काग्रेस नेता मिनेन्द्र रिजालले सम्बोधन गर्न लागेका बेल बिस्फोट भएको जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ