ट्रकमा मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु

ट्रकमा मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु

  • बिहिबार, मंसिर ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

परासी, मंसिर ७ । नवलपरासीको कावासोती नगरपालिका–११ लोकाहा पुलमा ट्रक र मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएको हो ।गएराति सवा १० बजे ना४ख ८६२२ नम्बरको ट्रकमा लु३६प ५९७४ नम्बरको  मोटरसाइकल ठोक्किएको थियाे ।

दुर्घटनामा मृत्यु हुनेमा मोटरसाईकल चालक सुस्तापूर्व कावासोती नगरपालिका– ३ का रोशन ठाडा मगर र पछाडी सवार सोही स्थानका रत्नबहादुर आले रहेका छन् ।

उनीहरु दुवैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ