चितुवाको आक्रमणमा परी प्रहरी हवल्दार थापासहित चारजना घाइते

चितुवाको आक्रमणमा परी प्रहरी हवल्दार थापासहित चारजना घाइते

  • बुधबार, मंसिर ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

झापा, मंसिर ६ । झापाको शिवसताक्षी नगरपालिका–५ भेलामुनिमा चितुवाको आक्रमणमा परी प्रहरी हवल्दार युवराज थापासहित चारजना घाइते भएका छन् ।

घाइते हुनेमा प्रहरी हवल्दार थापासहित शिवसताक्षी–५ का ४५ वर्षीया गीता खरेल शिवाकोटी, ४० वर्षीय देवलाल राजवंशी र ४५ वर्षीय बुद्धसिंह ताजपुरिया रहेका छन् ।

शिवाकोटीलाई धान काट्नेक्रममा बुधबार साँझ चितुवाले आक्रमण गरेपछि स्थानीयले चितुवा लखेट्नेक्रममा राजवंशी र तापुरियालाई आक्रमण गरी घाइते बनाएको थियो ।

चितुवाले आक्रमण गरेको जानकारी पाएपछि उद्धारका लागि पुगेका प्रहरीमाथि नै चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए ।

चितुवाको आक्रमणमा परी घाइते भएकामध्ये प्रहरी हवल्दार थापालाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा ल्याइएको छ भने अन्य तीनजनालाई उपचारका लागि लाइफ लाइन अस्पताल दमक पठाइएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ