राष्ट्र प्रमुखमा राजसंस्था राख्नका लागि लोहनीको एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)चुनावी मैदानमा

राष्ट्र प्रमुखमा राजसंस्था राख्नका लागि लोहनीको एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)चुनावी मैदानमा

संविधान संशोधन गरेर धर्म सापेक्ष, राजासहित प्रजातन्त्रको एजेण्डा

  • बुधबार, मंसिर ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

मंसिर ६  , ललितपुर/
श्यामप्रसाद तिमिल्सिना यस पटक पनि प्रतिनिधिसभाको लागि ललितपुर क्षेत्र नं ३ बाट चुनावी मैदानमा उत्रिएका छन्् ।
ललितपुर जिल्लाको दक्षिण भेगस्थित गोटीखेलमा जन्मिनु भएका तिमिल्सिना २०५९ सालतिर तत्कालीन जिल्ला विकास समिति ललितपुरको उपसभापति हुुनुहुन्थ्यो । केशरबहादुर विष्टपछिको राजवादी नेताका रुपमा तिमिल्सिना परिचित छन्् । उहाँ यस पटक प्रकाशचन्द्र लोहनीको एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बाट चुनावी मैदानमा उत्रिएका हुन्् ।
२०६४ सालको पहिलो संविधानसभा पशुपतिशम्शेरको राप्रपाबाट ललितपुर क्षेत्र नं १ मा उम्मेदवारी दिनुभएको थियो । पछि राप्रपा नेपालमा प्रवेश गर्नुभएका तिमिल्सिना डा प्रकाशचन्द्र लोहनीसंगै सो पार्टीबाट बाहिरिनुभएको थियो । अहिलेको संविधान संशोधन गरेर धर्म सापेक्ष, राजासहित प्रजातन्त्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने एजेण्डाका घरदैलो अभियानलाई तीब्रता दिइरहेका छन्् । तिमिल्सिना प्रतिनिधिसभातर्फ ललितपुरको क्षेत्र नं ३ ‘क’ र ‘ख’ उम्मेदवार विक्रम बस्नेत र दिपा विष्टसंगै घरदैलो अभियानमा सक्रिय भइरहेको छ ।
‘मेरो उम्मेदवारी अहिले संविधानले प्रवाह गरेको विचार भन्दा पृथक भएपनि यसको बलियो जनमत रहेको छ ।’ उम्मेदवार तिमिल्सिनाले भन्नुभयो ‘हाम्रो मुख्य प्रतिबद्धता भनेको बौद्ध, मुसलमान, किँरात लगायत सबै धर्मको सम्मान गर्दै नेपालको पहिचान सनातन हिन्दु राष्ट्र कायम गर्ने, राष्ट्रप्रमुखको रुपमा राजा र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको निर्वाचन गर्ने रहेका छन्् ।’
उम्मेदवार तिमिल्सिनाले जनताको चाहना विपरीत लहडको भरमा नेपाललाई धर्म््िनरपेक्ष बनाएको बताउँदै हिन्दू राष्ट्र भएमा मात्र विश्वमा नेपालको पहिचान हुने र मुलुकमा धार्मिक पर्यटनको विकास भई आर्थिक संमृद्धि हुने पनि विश्वास व्यक्त गर्नुभयो ।
गणतन्त्रको नाउँमा देशमा भ्रष्टाचार मौलाएको बताउँदै उहाँले राष्ट्रवादलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । हिमाल, पहाड र तराई मधेश सबै नेपालीको स्वाभिमान र आत्मसम्मानको रक्षा र भ्रष्टाचार मुक्त समाज निर्माण गर्न पार्टीले देशैभरि उम्मेदवारी दिएको पनि उहाँले जानकारी दिनुभयो ।
प्रत्येक नौ–नौ महिनामा सरकार परिवर्तनले गर्दा मुलुकमा अस्थिरता उत्पन्न हुनाले संविधान संशोधन गरी कार्यकारी निर्वाचित प्रधानमन्त्री र राष्ट्र प्रमुखमा राजसंस्था राख्नका लागि जनताले आफ्नो पार्टीलाई संसदमा प्रतिनिधित्व गराउने छ ।’ उहाँले भन्नुभयो।
ललितपुर क्षेत्र नं ३ मा काँठ क्षेत्रका साविकको हरिसिद्धि, ठैब, बाडेगाउँ, सुनागुठी, ठेचो, बुंङ्गमती, खोकना ललितपुर महानगरपालिका १, २, ३, ४, ५, १०, १३, १४, १५, २० रहेका छन्् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ