बराहक्षेत्र मन्दिरका परेवा भकाभक मर्दै

बराहक्षेत्र मन्दिरका परेवा भकाभक मर्दै

  • बुधबार, मंसिर ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

इटहरी, ६ मंसिर । हिन्दू धार्मिक तीर्थस्थल सुनसरीको बराहक्षेत्र मन्दिरमा रहेका परेवा भकाभक मर्न थालेको छन ।

बराहक्षेत्रका मुख्य मन्दिरबाहेक सूर्य भगवान् लगायतका मन्दिरको छत वा मन्दिर परिसरमा नै थुप्रै परेवा मर्नुका कारण के हो भन्ने सम्बन्धमा सम्बन्धित निकायले जाँच नगरेकाले भन्न सक्ने अवस्था नरहेको त्यहाँका पुजारीको भनाइ रहेको छ ।

बराहक्षेत्र मन्दिर नजिकै घर रहेका भक्त श्रेष्ठले मन्दिरका परेवा भकाभक मरेको विषयमा प्रश्न गर्दा उहाँले मन्दिरको चुना खाएर परेवा मरिरहेको जानकारी दिनुभयो ।

मन्दिरका परेवा चुना खाएर झोक्राउने र बिहान घाम नलाग्दै मर्ने गरेको पनि जानकारी दिनुभयो । मन्दिर परिसरमा घाम लागेर परेवा तातेपछि बिहान झोक्रिएका परेवा दिउँसो सरस्वाउँदो बन्ने गरेको मन्दिर आसपासका स्थानीयवासीले जानकारी दिनुभयो । तर केही स्थानीयवासीले भने केही दिनदेखि परेवा मरिरहेकाले किन मरेका हुन् भनेर यकिनसँग भन्न नसकिने बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ