मिथिलाञ्चलको मटकोर विधि सम्पन्न

मिथिलाञ्चलको मटकोर विधि सम्पन्न

  • बुधबार, मंसिर ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

गौशाला, ६ मंसिर । मिथिलाञ्चलको सप्ताहव्यापी विवाहपञ्चमी उत्सवअन्तर्गत मंगलबार राति महोत्तरीको मटिहानी नगरपालिकामा भगवान रामचन्द्र र माता सीताको मटकोर विधि सम्पन्न भएको छ ।

रामजानकी विवाह महोत्सवको अवसरमा महोत्तरीको मटिहानीमा रहेको प्रसिद्ध लक्ष्मीनारायण मठमा मटकोर विधि सम्पन्न भएको लक्ष्मी नारायण मठ मटिहानीका मूलमहन्थ जगन्नाथ दास वैष्णवले जानकारी दिनुभयो ।

मिथिलाको धार्मिक विधिअनुसार महिलाले विवाहको गीत गाउँदै लक्ष्मीनारायण मठको लक्ष्मी सागर (पोखरी) मा पुगि भगवान सीताको प्रतिक रहेका मूर्तिलाई नुहाइ माटो उत्खन्न गरेका थिए ।

मिथिलाको वैवाहिक पद्दतिमा तिलकोत्सव तथा मटकोर महत्वपूर्ण उपक्रम हो । मटकोरको दिन लक्ष्मीसागरबाट खनेर लगेको माटोबाट विवाहपञ्चमीका दिन जनकपुरमा भगवान श्री राम र माता सीताको विवाहका लागि यज्ञवेदी निर्माण गरिने छ । जहाँ मंसिर ७ गते (भोलि) का दिन रामसीताको शुभ विवाह कार्यक्रम हुनेछ ।

साधु सेवा समिति जनकपुरको आयोजनामा मटकोरका लागि जनकपुरबाट ६ दिन अघि निस्केको रथ यात्राले भारतको कलानेश्वर, फूलहर हुँदै महोत्तरीको मटिहानी पुगेर गएराति मटकोर विधि सम्पन्न गरेको छ । गएराति मटिहानीमा यज्ञवेदीका लागि खनिएको माटो लिएर सो रथयात्रा महोत्तरीको जलेश्वर, प्रकौली, पिपरा हुँदै आज विवाह पञ्चमीका लागि जनकपुर जानेछ ।

प्राचीन धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार त्रेता युगमा भगवान श्री राम र माता सीताको विवाह हुँदा यज्ञवेदी निर्माण गर्न महोतरीको मटिहानीस्थित लक्ष्मीसागरबाट पवित्र माटो लगेका थिए र त्यही बेलादेखि मटिहानीमा वर्षेनी रामजानकी विवाह महोत्सवमा मटकोर विधि गरिने प्रचलन छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ