सरकारद्धारा अहिलेसम्म ८ पत्रकार सहित ३ सय गिरफ्तार , कति नेकपाका कार्यकर्ता कति निर्दोश नागरिक ?यस्तो छ रिपोर्ट

सरकारद्धारा अहिलेसम्म ८ पत्रकार सहित ३ सय गिरफ्तार , कति नेकपाका कार्यकर्ता कति निर्दोश नागरिक ?यस्तो छ रिपोर्ट

  • बुधबार, मंसिर ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

काठमाडाैं, ६ मंसिर । निर्वाचनलार्इ शान्तिपूर्ण बनाउने र उम्मेदवारकाे सुरक्षा गर्नेभन्दै सरकारले देशभर सर्वसाधारण नागरिकमाथिकाे धरपकडलार्इ तीब्र बनाएकाे छ । साे क्रममा नेपाल प्रहरीले अहिलेसम्म ३०० जना गिरफ्तार गरेकाे जनाएकाे छ । तर, गिरफ्तार गरिएका अधिकांश व्यक्तिहरु नेपाल कम्युनिस्ट पार्टीकाे शुभचिन्तक मात्र भएकाे थाहा भएकाे छ ।

पक्राउ परेका मध्ये केही नेकपाकाे सदस्य नै छैनन् । यसैक्रममा प्रहरीले पर्वतमा एकजना किसानलार्इ पक्राउ गरेकाे छ । पर्वतकाे भंगरा घर भएका ढक बहादुर क्षेत्रीलार्इ प्रहरीले मंगलबार राती घरबाटै गिरफ्तार गरेकाे छ ।

केरा खेती गर्ने क्षेत्रीलार्इ प्रहरीले घरमै सुतिरहेका बेला गिरफ्तार गरेर लगेकाे उनका अाफन्तले जानकारी गराएका छन् । त्यस्तै बाँकेमा चुनी चाचा नाम गरेका एक बृद्धलार्इ अस्वस्थ अवस्थामा पनि गिरफ्तार गरेर प्रहरी चाैकीमा राखिएकाे छ ।

त्यसैगरी प्रहरीले बर्दियामा सर्वसाधारण किसानलार्इ गिरफ्तार गरेकाे छ । बर्दियामा कैलाश गन्धर्व, सोनु, राजेन्द्र र कुसुम नाम गरेका सर्वसाधारण व्यक्तिलार्इ बाटाेमा हिडिरहेका बेला समातेर प्रहरी कार्यालयमा राखिएकाे थाहा भएकाे छ । बर्दियामै हिरा पुन, चन्दु थारु, भिम अधिकारी, पहलमान, बलबहादुर बिक, बलविर रानालार्इ पनि प्रहरीले विना कारण गिरफ्तार गरेकाे छ ।

त्यस्तै प्यूठानमा पनि प्रहरीले सडकमा गिटी कुटिरहेका कामदार र हार्डवेयर पसल चलाउने गरेका व्यक्तिलार्इ पनि गिरफ्तार गरेकाे छ । त्यस्तै जाजरकाेटबाट प्रहरीले शिवलाल जैसी, कमानसिंह वलीलार्इ गिरफ्तार गरिएकाे छ । प्रहरीले त्यसका साथै नेकपाकाे नजिकमा रहेका पत्रकारहरुमाथिकाे धरपकड पनि निकै बढाएकाे छ ।

क्रान्तिकारी पत्रकार संगठन, नेपालले दिएकाे जानकारी अनुसार देशभर प्रहरीले ८ जना पत्रकारहरुलार्इ गिरफ्तार गरेकाे छ । सक्रिय पत्रकारिता गरिरहेका र नेपाल पत्रकार महासंघकाे सदस्य र कार्यसमिति सदस्य समेत रहेर काम गरिरहेका पत्रकारहरुलार्इ विना कारण गिरफ्तार गरेकाे साे सं‌गठनले जनाएकाे छ ।

संगठनका अध्यक्ष प्रभात चलाउनेले एक विज्ञप्ती जारी गर्दै संविधान र कानुन विपरित सरकारले स्वेच्छाचारी रुपमा गिरफ्तारीकाे श्रृङ्खला बढाएकाे भन्दै त्यसप्रति खेद व्यक्त गरेका छन् । अध्यक्ष चलाउनेले दिएकाे जानकारी अनुसार प्यूठानका पत्रकार पदमप्रसाद पाेखरेललार्इ श्रीमतीलार्इ उपचार गराउन अस्पतालमा गएका बेला विजुवारमा रहेकाे एक अस्पतालबाटै समातिएकाे हाे ।

त्यसैगरी रुपन्देहीबाट प्रकाशित हुने गर्जन पोष्ट साप्ताहिक पत्रिकाका सम्पादक पत्रकार प्रकाश डुम्रेलाई मंगलबार दिउसो बुटवलमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले आयोजना गरेको पत्रकार सम्मेलनबाटै गिरफ्तार गरिएकाे छ । क्रान्तिकारी पत्रकार संगठन, नेपालका केन्द्रीय समिति सदस्य तथा लुम्बिनी अञ्चल संयोजक र नेपाल पत्रकार महासंघ रुपन्देही जिल्ला शाखाका कार्यसमिति सदस्य पनि हुन् ।

त्यसैगरी सोमबार मात्र कालिकोटबाट प्रकाशित हुने हुने जनप्रभात साप्ताहिक पत्रिकाका समाचार प्रमुख तथा सहसम्पादक जगदिशनाथ योगीलाई सदरमुकाम मान्ममा रहेको पत्रिकाको कार्यालयबाटै पक्राउ गरिएको छ । सोही पत्रिकाका प्रकाशक सम्पादक कालीबहादुर महतारालाई पनि केही दिन अघि कार्तिक २९ गते सदरमुकाम मान्मबाटै गिरफ्तार गरिएको थियो ।

त्यस्तै मंसिर ३ गते आइतबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको निधनका बारेमा रिपोर्टिङका लागि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल पुगेका मध्यान्ह दैनिकका पत्रकार दिपेश शाहीलाई अस्पताल परिसरबाटै पक्राउ गरिएको छ । त्यसैगरी काठमाडौंबाट प्रकाशित हुने हाम्रो जलजला मासिकका सम्पादक खेम थपलियालाई बागबजारमा रहेकोे प्रगतिशील लेखक संघको कार्यालयमा आयोजित कार्यक्रम स्थलबाटै पक्राउ गरिएको छ ।

काठमाडौंबाटै प्रकाशित हुने नेवारी पत्रिका निहिगु ज्वजोलोप्पा पत्रिकाका सम्पादक जितेन्द्र महर्जनलाई किर्तिपुरस्थित घरबाटै पक्राउ गरिएको छ । त्यस्तै ‘प्यूठान भिजन’ मासिक पत्रिकाका सम्पादक जायेश्वर आचार्य र कार्यकारी सम्पादक पदमप्रसाद पोख्रेललाई पनि गिरफ्तार गरेर हिरासतमा राखिएको छ ।

सरकारले सबैभन्दा बढी सर्वसाधारणलार्इ दाङमा गिरफ्तार गरेकाे छ । नेपाल प्रहरीले गृहमन्त्रालयमा दिएकाे रिपाेर्ट अनुसार दाङमा २७ जना मान्छे गिरफ्तारीमा परेकाे जनाएकाे छ । तर, ती मानिसहरु काे हुन् भन्ने बारेमा केही बताइएकाे छैन ।

त्यसैगरी गृहमन्त्रालयले कास्कीमा २०, रुकुममा १८, राेल्पामा १३, झापामा १२, रुपन्देहीमा १०, बर्दियामा १०, ताप्लेजुङमा ९, उपत्यकामा ९, कैलालीमा ८, भाेजपुरमा ७, चितवनमा ७, गाेरखामा ७, अर्घाखाँचीमा ७, कञ्चनपुरमा ७, धादिङमा ६, बारामा ६, प्यूठानमा ६, बैतडीमा ६, मकवानपुरमा ४ जना गिरफ्तार गरेकाे जनाएकाे छ ।

तर, यी समातिएका व्यक्तिहरु काे हुन र किन समातियाे भन्नेबारेमा न त प्रहरी न त गृहमन्त्रालय कसैले केही बताएका छैनन । गृहमन्त्रालयकाे रेकर्डमा दाङमा २७ जना गिरफ्तार गरेकाे रेकर्ड राखेकाे भए पनि नेपाल कम्युनिस्ट पार्टी दाङले भने अाफ्ना ८ जना मात्र कार्यकर्ता तथा शुभचिन्तकहरु गिरफ्तार परेकाे दावी गरेकाे छ । बाँकी १९ जना व्यक्तिहरु काे हुन भन्ने केही थाहा छैन । यसले पनि सरकारले मनाेमानीपूर्ण तरिकाले मानिसहरु गिरफ्तार गर्ने गरेकाे खुलेकाे छ ।

व्यक्ति गिरफ्तार गरेर देशमा शान्ति हुँदैन भन्‍ने कुरा विगत दश वर्षे जनयुद्धले देखाउँदा देखाउँदै पनि सरकार समस्याको समाधन धरपकड र गिरफ्तारीबाट गर्न चाहेको देखिन्छ । सरकारी रवैया यस्तै रह्यो भने यसले झन् ठूलो राजनीतिक द्वन्द्व सिर्जना गर्ने निश्चित छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ