इलाम र रसुवाबाट नेकपाका ५ नेता कार्यकर्ता गिरफ्तार

इलाम र रसुवाबाट नेकपाका ५ नेता कार्यकर्ता गिरफ्तार

  • बुधबार, मंसिर ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमांडौ मंसिर ६ ।

चुनावि खारेजि अभियानमा रहेको नेपाल कम्युनिष्ट पार्टि कार्यकर्तालाई प्रहरीले गिरफ्तार गर्ने क्रम बढेको छ ।

विभिन्न स्थानवाट पार्टिका नेता कार्यकर्ता , सुभचिन्तकहरुमाथि राजनैतिक आस्थाकै आधारमा अहिलेसम्म सयौ लाई गिरफ्तार गरिरहेको छ । अर्को तर्फ समाचार लेखेकै भरमा संचारकर्मिहरुलाई पनि गिरफ्तार गरेको छ । अहिलेसम्म ८ जना पत्रकारलाई प्रहरीले गिरफ्तार गरिसकेको छ ।

यसैक्रममा ईलामबाट नेकपका चारजना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।

इलाम नगरपालिका–५ भोर्लेनीकी मुना भनिने वसुन्धरा कार्की, वडा नं–११ सोयाकका सञ्जिव फागो, वडा नं –१ साँखेजुङका विशाल राई र देउमाई नगरपालिका–८ जितपुरका मोहन बराललाई गिरफ्तार गरेको प्रहरीले जानकारी दिएको छ ।
एक साताको बीचमा विभिन्न ठाउवाट उनीहरूलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभएको छ ।

यस्तै रसुवाबाट प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका जिल्ला ईन्चार्ज गिरफ्तार गरेको छ । कालिका गाउँपालिका–३ बाट लेखनाथ लामिछानेलाई कालिकास्थानबाट गिरफ्तार गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ