EDV चिठ्ठामा अमेरिका जान नक्कली प्रमाणपत्र बनाउने गिरोहका पक्राउ

EDV चिठ्ठामा अमेरिका जान नक्कली प्रमाणपत्र बनाउने गिरोहका पक्राउ

नक्कली प्रमाणपत्र बनाउन रु तीन लाख ५० हजार देखि रु ९० हजार

  • मङ्लबार, मंसिर ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 24.1K
    SHARES

 

मङ्सिर ५ ,काठमाडौँ /

काठमाडौँ महानगरीय प्रहरी अपराध महाशाखाले रकमलिइ नक्कली SLC, प्लस 2 , तथा अन्न्य शैक्षिक प्रमाण पत्र प्रयोग गर्ने सहित बनाइदिने   गिरोह पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुलीको तीनपाटन–४ का रुद्रबहादुर मोक्तान, ताप्लेजुङको खेवाङ–२ का भुवानीप्रसाद भट्टराई, सत्यविनायक कम्युनिकेशनका सञ्चालक कालीकोटको तिलागुफा–६ का विशालजंग शाही, कालीकोटको तिलागुफा–५ का सुरेशबहादुर शाही, सुनसरी, धरान नगरपालिका–११ का अभय पोखरेल, स्क्युर्ड लाइफ कन्सल्टेन्सीमा काम गर्ने काठमाडौँ–४ चण्डोलका अनिल श्रेष्ठ, काभ्रेपलाञ्चोकको महाभारत–१ का देवराज तामाङ र काठमाडौँ मनमैंजु–२ का सन्तोषकुमार तिवारी रहेका छन् ।

विभिन्न समुहले अमेरिका EDV चिट्ठा परेकाहरुलाई मोटो रकमलिइ सरकारी दस्तखनत किर्ते गरि 10 प्लस 2 को migration certificate ,provisional ceritificate , राष्ट्रिय परिक्षा बोर्ड को नक्कली सर्टिफिकेट बनाएको अनुसन्धान बात खुल्न आएको महासखाले बताएको छ ।

महाशाखाले मंगलबार पत्रकार सम्मेलन गरि नक्कली सर्टिफिकेट बनाउने,  प्रयोग गर्ने , मिलाई दिने गिरोह तथा संलग्न  आठ जना सबैलाई सार्बोजनिक गरेको छ ।

पक्राउ परेकामध्ये मोक्तान र भट्टराईलाई डिभी परेको र अन्य छ जनाले नक्कली प्रमाणपत्र बनाउन भूमिका खेलेको जानकारी दिइयो । उनीहरुले नेपालस्थित दूतावासमा पेश गरेको प्रमाणपत्र शंकास्पद लागेपछि दूतावासले सो सम्बन्धी जानकारी प्रहरीलाई दिएको महाशाखाका प्रमुख लोहनीले बताउनुभयो । दूतावासले दिएको सूचनाका आधारमा प्रहरीले छानबिन अघि बढाएको थियो ।

पक्राउपरेकाहरुका साथबाट विभिन्न नक्कली शैक्षिक प्रमाण पत्र ,बनाउने सामग्री लगाएत बरामद गरेको छ । संलग्न केहि भने फरार रहेको र अनुसन्धान भैरहेको बताउदै पक्राउ परेका परेका मध्यका अभय पोख्रेल यस अगाडी पनि नक्कली कागजात बनाउनेमा दोसी ठहर भइ सजाए समेत भुक्तान गरिसकेको महासखा प्रमुख दिवेश लोहनीले जानकारी दिनु भयो ।  उनीहरुले नेपालस्थित दूतावासमा पेश गरेको प्रमाणपत्र शंकास्पद लागेपछि दूतावासले सो सम्बन्धी जानकारी प्रहरीलाई दिएको महाशाखाका प्रमुख लोहनीले बताउनुभयो ।

बरामद गरिएका सामग्री

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ