पूर्वसभामुख नेम्वाङ चडेको गाडी शक्तिशाली एम्बुसमा पर्‍यो

पूर्वसभामुख नेम्वाङ चडेको गाडी शक्तिशाली एम्बुसमा पर्‍यो

  • मङ्लबार, मंसिर ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

५ मंसिर,काठमाडौं । पूर्वसभामुख तथा नेकपा एमालेका नेता सुवाशचन्द्र नेम्वाङको गाडिलाई लक्षित गरी शक्तिशाली बम विस्फोट भएको छ ।

एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिजालका अनुसार नेता इलामबाट पाँचथर जाँदै गर्दा राजमार्गमा शक्तिशाही बम विस्फोट गरिएको थियो । नेता नेम्वाङ पाँचथरको तुम्मेवा गाउँपालिकास्थित मौवा बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न जाँदै थिए ।

“चुनावी प्रचार अभियानमा रहनुभएका हाम्रो पार्टीका शीर्ष नेताहरूलाई लक्षित गरी एकपछि अर्काे बिस्फोट र एम्बुस थाप्नेजस्ता आपराधिक घटनाहरू दिनप्रतिदिन बढ्न थालेको छ । हिजो मात्रै संविधानसभा अध्यक्ष, पूर्वसभामुख तथा स्थायी कमिटी सदस्य कमरेड सुवासचन्द्र नेम्वाङलाई लक्षित गरी पाँचथरको जोरपोखरीस्थित राजमार्गमा शक्तिशाली बम राखिएको छ” एमालेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

एमालेले चालकको सजगताका कारण गाडी एम्बुसमा पर्नबाट जोगिएको बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ