जनयुद्धको आधार क्षेत्रका सहिद परिवारको निर्णयः सूर्यमा भोट हाल्दैनौं (बिज्ञप्ती सहित)

जनयुद्धको आधार क्षेत्रका सहिद परिवारको निर्णयः सूर्यमा भोट हाल्दैनौं (बिज्ञप्ती सहित)

  • मङ्लबार, मंसिर ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

५ मंसिर,सल्यान । जिल्लाका सहिद परिवारहरुले एमालेसँगको एकताको नाममा माओवादी केन्द्रले सहिदको रगतको अपमान हुने गरी टिकट भागबण्डा गरेको भन्दै विरोध गरेका छन् ।

सल्यानको बागचौर नगरपालिकाका सहिद परिवारको भेलाले माओवादी केन्द्रले बलिदानीको अपमान हुने गरी प्रदेश सभाका दुबै क्षेत्र एमालेलाई दिएको भन्दै आधिकारिक उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेको छ । सहिद परिवारको भावनाको कदर गर्दै सूर्च चिन्हमा मतदान नगर्न सम्पूर्ण सहिद परिवारलाई र जनतामा अपील समेत भेलाले गरेको छ ।

“माओवादी आन्दोनललाई समर्थन गर्ने जनता, कार्यकर्ता, शुभचिन्तक सबैमा हामी सहिद परिवारको भावनाको कदरको लागि सूर्य र रुखमा मतदान नगर्न आग्रह गर्दछौं” भेलापछि जारी विज्ञप्तिमा भनिएको छ ।

सहिद परिवारको भेलाले जनयुद्धको मर्म र भावनाभन्दा बाहिरका उम्मेदवारलाई भोट हाल्नु भनेको सहिदको रगतमाथिको खेलवाड हुने निष्कर्ष निकालेको छ ।

माओवादी केन्द्रले गरेको अन्यायका विरुद्ध जिल्ला पार्टीले स्वतन्त्र उम्मेदवारी दिने निर्णयको स्वागत गर्दै सहिद परिवारले सूर्यमा मतदान नगरी स्वतन्त्र उम्मेदवारलाई मतदान गर्न समेत अपील गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ