एमालेका अध्यक्ष महतमाथि काँग्रेसले गर्‍यो आक्रमण, अवस्था गम्भीर

एमालेका अध्यक्ष महतमाथि काँग्रेसले गर्‍यो आक्रमण, अवस्था गम्भीर

  • मङ्लबार, मंसिर ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

५ मंसिर,बाजुरा । जिल्लाको बढीमालिका नगरपालिका–२ का वडा अध्यक्ष डम्मर महतमाथि भौतिक आक्रमण भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयबाट घर फर्किने क्रममा जिल्ला खेलकुद विकास समिति नजिकै महतमाथि आक्रमण भएको हो ।

जिल्ला अस्पतालमा उपचार गराइरहेका महतले आफूमाथि नेपाली काँग्रेसका कार्यकर्ताहरुले आक्रमण गरेको प्रतिक्रिया दिएका थिए । महतको आँखा र टाउकोमा गम्भीर चोट लागेको छ ।

दुई जनाले अगाडि र एक जनाले पछाडिबाट आक्रमण गरी फरार भएको महतले बताए ।

महत गत स्थानीय चुनावमा नेकपा एमालेको तर्फबाट निर्वाचित भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ