बागलुङ, मंसिर ५।
बागलुङ नगरपालिका–२ स्थित सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको घरमा गएराति बम विस्फोट भएको छ ।
राति ११ बजे भएको विस्फोटनबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवार समेत रहुनभएका राज्यमन्त्री खड्का घरमै रहेको समयमा एक्कासि ठूलो आवाजसहित बम विस्फोट भएको थियो ।
घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङले जानकारी दिनुभयो । विस्फोटन गराउने समूहको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
विस्फोटन लगत्तै प्रहरीले घटनास्थललाई घेराउ गरि सुरक्षा सतर्कता अपनाएको छ । बम विस्फोटनबाट घरअघि आँगनमा रहेको पर्खालमा सामान्य क्षति पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline