बुवाको किरिया बसेका नेकपाका जिल्ला इन्चार्ज गिरफ्तार

बुवाको किरिया बसेका नेकपाका जिल्ला इन्चार्ज गिरफ्तार

  • मङ्लबार, मंसिर ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

बैतडी, मंसिर ५।
नेपाल कम्यूनिष्ट पार्टीका बैतडी इन्चार्ज बासुदेव जोशीलाई प्रहरीले गिरफ्तार गरेको छ । बुवाको किरीया बसेका जोसीलाई माथिको आदेश भन्दै प्रहरीले गिरफ्तार गरेको हो ।

बुवाको निधन भएको ११ दिनको काममा बसेका जोशीलाई विना कारण माथिको आदेश भन्दै सिमार प्रहरीले नियन्त्रणमा लिएको प्रति नेकपाले आपत्ति जनाएको छ ।

कुनै नराम्रो गतिबिधिमा संलग्न नरहेका जोशीलाई किरिया बसिरहेका बेला उनकै घर डिलाशैनी गाउँपालिका ३ रुद्रेश्वर बाटै पक्राउ गरेको भन्दै नेकपाले आपत्ति जनाएको हो ।
प्रहरीले भने किरिया सकिसकेको र शंकास्पद ब्यक्ति भएकाले पक्राउ गरेको जनाएको छ । नेकपाले जोशीको गिरफ्तारीको भत्सर्ना गर्दै उनलाई विना सर्त तत्काल रिहाइ गर्न माग गरेको छ ।

बुवाको किरीया बसिरहेका जोशीलाई यस्तो दुखत घडीमा पनि पक्राउ गरेको भन्दै नेकपाले उनलाई तत्काल रिहाई नगरे कडा संघर्षको घोषणा गर्ने चेतावनी समेत दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ