४ मंसिर, झापा ।
झापा , तेह«थुम र सिन्धुलीबाट नेपाल कम्युनिस्ट पार्टिका ९ जना नेता कार्यकर्तालाई प्रहरीले गिरफतार गरेको छ ।
झापाबाट कनकाई नगरपालिकाका जनसरकार प्रमुख देवी प्रसाईं, झापा जिल्ला सदस्य सौगात भनिने सन्तोष कटुवाल र लीलाबहादुर लावतीलाई गिरफतार गरेको हो ।
उनीहरुलाई जील्ला प्रहरी कार्यलयमा राखिएका झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जनाकारी दिनुभएको छ ।
यस्तै नेपाल कम्युनिस्ट पार्टीका थप तीन कार्यकर्तालाई सिन्धुली प्रहरीले गिरफतार गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको छ । पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका–३ पीपलमाडीका ४० वर्षीय भक्तबहादुर विक, सुनकोशी गाउँपालिका–१ कुशेश्वर दुम्जाका ३० वर्षीय केदार माझी र हरिहरपुरगढी गाउँपालिका–२ पीपलमाडीका डोरबहादुर राई रहेको प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिनुभयो ।
यस्तै तेह्रथुममा पनि नेपाल कम्युनिष्ट पार्टीका तीनजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा आठराई गाउँपालिका–६ चुहानडाँडा घर भइ हाल म्याङलुङ बस्ने शशी ठटाल, फेदाप गाउँपालिका–१ सिम्लेका रामकृष्ण रिजाल र फेदाप गाउँपालिका–५ इसिवुका गौरीप्रसाद सापकोटा रहेका छन् ।