चुनावी प्रचारमा प्रयोग गरिएको गाडीमा अागजनी, जीप जलेर खरानी

चुनावी प्रचारमा प्रयोग गरिएको गाडीमा अागजनी, जीप जलेर खरानी

  • सोमवार, मंसिर ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

४ मंसिर,संखुवासभा । चुनावको मिति नजिकिँदै गर्दा उम्मेदवार लक्षित बम विस्फोट र अागजनीका घटना बढिहरका छन् । माओवादी केन्द्रका उम्मेदवार वर्षमान पुन, कृष्णबहादुर महरा, प्रभाकर, नेपाली काँग्रेसका नेता तथा नुवाकोटबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रामशरण महत, तनहुँका उम्मेदवार रामचन्द्र पौडेल, एमाले उम्मेदवार शेरधन राईलगातलाई लक्षित गरी बम विस्फोट भएका थिए ।

अहिहले सम्म मानविय क्षति नभए पनि चुनाव प्रचारमा प्रयोग गरिएका गाडीहरु भने जलेर नष्ट भएका छन् ।

यसैबीच संखुवासभामा अाइतबार राति एमाले-माओवादी केन्द्रका उम्मेदवारको चुनाव प्रचारमा प्रयोग भएको जीपमा आगजनी भएको छ ।

संखुवासभाको चैनपुरमा को १ ज २१२३ नम्बरको ल्याण्डरोभर जीपमा अज्ञात समूहले राति २ बजे आगजनी गरेको बताइएको छ ।

आगलागीबाट पूरै जीप जलेर नष्ट भएको संखुवासभा प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ