धादिङ, मंसिर ३ ।
धादिङस्थित जिल्ला निर्वाचन कार्यालयको गेटमा सकेट बम फेला परेको छ ।
अज्ञात समुहले निर्वाचन कार्यलय अगाडि नै बम राखेको हो । २४ सै घण्टा प्रहरी निगरानिमा रहने निर्वाचन कार्यलय अगाडि नै बम भेटिएपछि थप सुरक्षा चुनँैति बढेको छ ।
उक्त बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निश्क्रीय पारेको प्रहरीले जनाएको छ ।
कार्यालयको गेटमै बम भेटिएपछि सुरक्षा ब्यावस्था थप कडा पारिएको प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभएको छ ।
पछिल्लो पटक धादिङका बिभिन्न स्थानमा बम फेला पर्न थालेपछि मतदाताहरु भने त्रसित बनेका छन् ।
निर्वाचन भाड्ने सोचका साथ बम राखिएके आशंका गरेपनि बम कस्ले र किन राख्यो भन्नेबारेमा जानकारी हुन नसकेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline