सर्लाहि , ३ मंसिर ।
सर्लाहीको रामनगर गाउँपालिकामा अत्रात समुले गोली प्रहार गर्दा एक महिला घाईते भएकी छिन् ।
गोली लागेर रामनगर गाउँपालिका– ४ बहुअर्बा टोल स्थित आफ्नै घरमा सुतिरहेकी ३० वर्षीया गिरिजा कुमारी साह घाईते भएकी छिन् ।
परिवारका सबै जना सुतिरहेका बेला आज बिहान करिव साँढे ४ बजे ढोका माथीको प्वालबाट गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
गिरिजा कुमारी बाहेक उनका परिवारका अन्य सदस्य सकुसल रहेको प्रहरीले जानकारी दिएको छ ।
बाँया छातीमा गोली लागेर गम्भीर भएकी उनलाई सदरमुकाम मलंगवा स्थित सर्लाही अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि वीरगञ्ज पठाइएको सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी राजेश थापाले जानकारी दिनुभएको छ ।
महिला माथी गोली प्रहार हुनुको कारण भने खुल्न नस्केको र घटनाको विषयमा अनुसन्धान भैरहेको डिएसपी थापाले बताउनुभयो ।