नेकपा मोरङ जिल्ला ईन्चार्ज पुष्कर गिरफ्तार , प्रतिकारमा उत्रन बाध्य नपार्न चेतावनी

नेकपा मोरङ जिल्ला ईन्चार्ज पुष्कर गिरफ्तार , प्रतिकारमा उत्रन बाध्य नपार्न चेतावनी

  • आइतवार, मंसिर ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

विराटनगर , ३ मंसिर ।

नेपाल कम्युनिष्ट पार्टीका मोरङ ईन्चार्ज घनश्याम श्रेष्ठ (पुष्कर) लाई प्रहरीले गिरफ्तार गरेको छ ।

मोरङको आईतवारेबाट ईन्चार्ज श्रेष्ठलाई प्रहरीले बिना कारण गिरफ्तार गरेको हो ।

सडकमा हिडिरहेको अवस्थामा शनिवार साझ श्रेष्ठलाई प्रहरीले गिरफ्तार गरेको जनाईएको छ । श्रेष्ठलाई जिल्ला प्रहरी कार्यलय मोरङमा राखिएको प्रहरीले जनाएको छ ।

यस्तै मोरङबाटै नेकपा जिल्ला सदस्य तथा बिद्यार्थी अध्यक्ष फडिन्द्र रजवंशि र सुनबर्सि नगरपालीकाका सेक्रेटरी हरि राजवशींलाई पनि प्रहरीले गिरफ्तार गरेको थियो ।

यसैबीच नेकपा मोरङले भने शान्तिपूर्ण राजनितिक गतिबिधिमा रहेको पार्टीका नेता कार्यकर्तामाथिको धरपकट बन्द गर्न आग्रह गरेको छ ।

नेकपा माओरङका सेक्रेटरी उदय राईले पक्राउ परेका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न माग गर्नुभएको छ । उहाँले बिना कारण जिल्ला ईन्चार्ज सहितका नेताहरुलाई गिरफ्तार गरिएको भन्दै यस्तो कार्य तत्काल बन्द नगरिए आफुहरु पनि प्रतिकार सहितका कार्यक्रमका साथ ससक्त रुपमा अघि बढे चेतावनी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ