नेकपाका जिल्ला ईन्चार्ज लालबहादुर बिसी गिरफ्तार, तत्काल रिहाईको माग

नेकपाका जिल्ला ईन्चार्ज लालबहादुर बिसी गिरफ्तार, तत्काल रिहाईको माग

  • आइतवार, मंसिर ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

३ मंसिर ,चितवन ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चितवन जिल्ला ईन्चार्ज लालबहादुर बिसीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
बिसीलाई भरतपुर महानगरपालिकाको कटहर चोकबाट केहीबेर अघि मात्र गिरफ्तार गरिएको हो । सोे कुराको पुष्टि चितवन प्रहरीले गरेको छ ।
चुनाव बिथोल्ने गतिविधिमा लागेको आशंकामा पक्राऊ गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रभु ढाकालले मिर्मिरे अनलाईनलाई बताए ।
‘चुनाव बिथोल्ने गतिविधिमा लागेको आशंकामा बिसीलाई पक्राउ गरेका ‘चुनाव बिथोल्ने गतिविधिमा लागेको आशंकामा बिसीलाई पक्राउ गरेका हौं । उहाँको साथबाट चुनावविरोधीसम्बन्धी केही कागजात पनि फेला परेको छ’ डीएसपी ढकालले भने । थप अनुसन्धान भएको पनि उनले बताए ।
चुनाव खारेज अभियान चलाइरहेका नेकपाका नेताकार्यकर्तालाई प्रहरीले देशभर गिरफ्तार कार्यलाई तीव्रता दिइरहेको छ । आइतबार दिउँसो १ बजे गिरफ्तार गरिएका बिसीलाई अहिले जिल्ला प्रहरी कार्यालय भरतपुरमा राखिएको ढकालले बताए ।
बीसीको गिरफ्तारीको भत्सर्ना गर्दै बिनासर्त इन्चार्ज बीसीलाई तत्काल रिहाई गर्न नेकपा चितवनले माग गरेको छ । रिहाई नगरे कडा संघर्षको घोषणा गर्ने चेतावनी नेकपा चितवनले जनाएको छ ।
चुनाव खारेज अभियानलाई जनताको साथमा अगाडि बढाइरहेको पनि उसले जनायो । उसका अनुसार बिसीलाई नारायणगढबाट गिरफ्तार गरेको जनाएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ