नर्भिक आईपुग्दा प्रचण्डका आँखा आशुले भरिएका थिए

नर्भिक आईपुग्दा प्रचण्डका आँखा आशुले भरिएका थिए

 प्रचण्डका छोरा मात्र होईन् प्रकाश ‘दाहिने हात’ थिए

  • आइतवार, मंसिर ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं, मंसिर ३ । चुनावको मुखमा एक्लो छोरा गुमाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड छोराको निधन भएको खबर सुन्दा झापामा थिए । तत्काल उनी काठमाण्डौ आईपुगे र लाजिम्पाट पुगेर नर्भिक अस्पताल थापाथली आए ।

अस्पताल आईपुग्दा उनका आँखा आशुले भरिएका थिए । अस्पतालबाट सडक सम्म भरीएका पार्टी कार्यकर्ता , शुभचिन्तक तथा सर्वसाधारणको भिड छिचोल्दै अस्पतालको गेटमा आईपुगेका उनी हात उठाएर भिडलाई छिचोल्दै अघि बढे ।

पछिल्लो समय प्रकाश प्रचण्डका छोराका रुपमा मात्र सिमित नभएर पार्टीप्रति जिम्मेवार रहँदै थिए । उनी अध्यक्षको सचिबालयमा रहेपनि प्रधानमन्त्री रहँदा देखि होस् या अन्य समय पिताका ‘दाहिने हात’का रुपमा काम गर्दै आएका थिए । सचिबालयमा रहेर सूचना प्रवाह देखि आन्तरिक कार्यहरुमा प्रचण्डका आडभरोसा प्रकाश नै थिए ।
प्रचण्डका दैनिक, व्यक्तिगतदेखि राजनीतिक महत्वका कामहरुमा प्रकाश सबैभन्दा नजिकका सहयोगी थिए । स्थानीय निकायको निर्बाचन होस या आसन्न प्रदेश सभा र प्रतिनिधी सभा निर्बाचनको देश दौडाहामा प्रचण्डसँग प्रकाश छुट्दैन थिए ।

आफ्नो बैवाहिक जीवन तथा बेलामौका गर्ने हर्कतहरुबाट व्यक्तिगत जीवनमा विभिन्न आलोचनाका पात्र बन्ने गरेका प्रकाश माओवादी शान्तिपूर्ण राजनीतिमा होमिएपछि प्रचण्डका सबैभन्दा नजिकका सहयोगीका रुपमा भूमिका निर्बाह गरिरहेका थिए ।

श्रीमती विना मगर, दिदी रेणु दाहाल सक्रिय राजनीतिमा रहेपनि प्रकाशले दिदी र श्रीमतीलाई भन्दा पनि पिताकै राजनीतिलाई मलजल गर्दै थप प्रकाश दिने काम गर्दै आएका थिए ।

प्रकाशले आफ्ना व्यक्तिगत जीवनका आरोह अवरोह चटक्कै बिर्सेर, प्रचण्डलाई सुःखदुःखमा काँध थापेका थिए । सामाजिक संजालहरुमार्फत शुभेच्छुक तथा कार्यकर्ताहरु साथै पत्रकारलाई प्रचण्डको दैनिक तालिकाबारे अपडेट गरिदिन्थे । र हरेका कार्यक्रममा प्रचण्डसँगै रहन्थे ।

स्वकिय सचिवको औपचारिक जिम्मेवारी निर्वाह गर्दा प्रकाशलाई पुत्र हुने छुट थिएन । तैपनि पिताको राजनीतिक व्यस्ततालाई व्यवस्थित बनाउथे ।

हुन त प्रकाश कै कारणले प्रचण्डलाई ठुलो घाटा पुगेको चर्चा गर्नेको जमात बढी भएपनि पिताको राजनीतिलाई निष्कलंक बनाउन प्रकाशले गरेको योगदान प्रचण्डले साँच्चै अभाव महसुस गर्ने छन् ।

सचिबालयमार्फत सहयोगीहरुलाई जिम्मेवारी बाँडफाँड, प्रचण्डको तालिका निर्धारण देखि पितालाई परामर्श दिनेसम्मका कार्यहरु प्रकाशले नै गरिदिन्थे । अब उनलाई आफ्नो दाहिने हात भाचिएको नै महसुस हुने पक्का छ ।

केही बर्ष अघि छोरी गुमाएका प्रचण्डले चुनावको मुखमा एक्लो छोरो गुमाउदाको पिडा उनको मनमा उकुसमुकस भएको प्रष्ठ देखिएपनि अस्पतालआईपुग्दा उनी निशब्द नै थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ