टाइमबम विस्फोटपछि भोजपुरमा पुन दोहोरो भिडन्त, तीनजना घाइते, चुनावीसभामा पनि विस्फोट

टाइमबम विस्फोटपछि भोजपुरमा पुन दोहोरो भिडन्त, तीनजना घाइते, चुनावीसभामा पनि विस्फोट

  • शनिबार, मंसिर २, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

भोजपुर, मंसिर २ ।  भोजपुरमा अज्ञात समूहले राखेको बम हटाउनेक्रममा प्रहरीसँग दोहोरो भिडन्त भएको छ ।

षडानन्द नगरपालिका–१३ बोयाको भीरथाप्लो भन्ने ठाउँमा राखेको टाइमबम हटाउनेक्रममा शनिबार दिउँसो ३ बजेतिर प्रहरी र अज्ञात समूहबीच भिडन्त भएको हो ।

टाइमबम राखिएको हल्ला चलेपछि हटाउन गएका प्रहरी र उक्त समूहबीच गोली हानाहान भएको हो ।

सो बम पड्किँदा छर्रा लागेर तीनजना घाइते भएका छन् । घाइते हुनेमा नेकपा एमालेका कार्यकर्ता विक्रम राई, प्रहरी सहायक निरीक्षक उमेश मेहता र प्रहरीजवान देवनारायण चौधरी छन् । राईको अवस्था गम्भीर रहेको जनाइएको छ ।

बम हटाउनेक्रममा पड्किएपछि भिडन्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गीतनारायण चौधरीले जानकारी दिए ।

यसैबीच, शनिबार भोजपुरमै वाम गठबन्धनको कार्यक्रम भइरहेको स्थानमा पनि बम पड्किएको छ ।

साल्पा–सिलोचो गाउँपालिका–२ कुलुङमा भइरहेको चुनावीसभामा बम पड्किएको हो ।

वाम गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार सुदन किराती र प्रदेशतर्फका एक नम्बर क्षेत्रका उम्मेदवार राजेन्द्रकुमार राईको चुनावीसभानजिकै बम पड्किएपछि सभा तितर–वितर भएको थियो ।

बम प्रहारबाट कुनै क्षति भने नभएको घटनास्थलबाट उम्मेदवार किरातीका सहयोगी बलिरहाङ राईले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ