रामचन्द्र पौडेल सवार गाडीमा बम प्रहार

रामचन्द्र पौडेल सवार गाडीमा बम प्रहार

  • शनिबार, मंसिर २, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

तनहुँ , २ मंसिर ।

तनहुँको भानु नगरपालिका १० स्थित नेपालडाँडामा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल सवार गाडीमा बम प्रहार भएको छ ।
गोरखाको पालुङटारमा लोकतान्त्रिक गठबन्धनको चुनावी सभालाई सम्बोधन गरेर लमजुङ जाने क्रममा उहाँ सवार गाडीमा वम प्रहार भएको हो । मानवीय क्षति नभएपनि बमको छर्रा लागेर पौडेलको गाडीमा भने क्षति पुगेको छ । बम प्रहारबाट गाडीको सिसा फुट्नुका साथै स्कर्टिङ गरिरहेको गाडीमा रहेका एकजना प्रहरी घाइते भएका छन् । नेता पौडेल भने गाडीको अगाडिको सिटमा बस्नु भएको थियो । गाडीमा चालकसहित ८ जना सवार थिए । प्रहरीका अनुसार, पौडेल सवार गाडीमा प्रेसर कुकर बम प्रहार भएको हो । यसअघि नेता पौडेल, लोकतान्त्रिक गठबन्धनका तर्फबाट गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार नयाँ शक्तिका बाबुराम भट्टराई र कांग्रेस महामन्त्री शशांक कोइरालाले सम्बोधन गनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ