रौतहटमा बम विस्फोट : ८ जना घाइते, आमा छोरा नै बिस्फोटमा परे

रौतहटमा बम विस्फोट : ८ जना घाइते, आमा छोरा नै बिस्फोटमा परे

  • शनिबार, मंसिर २, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

रौतहट, २ मंसिर ।

रौतहटको चन्द्रपुर नगरपालिका–५ स्थित राधाकृष्ण मन्दिरनजिक आज बम विस्फोट भएको छ । विस्पोटमा परी ८ जना घाइते भएका छन् ।

चन्द्रनिगाहपुरको धार्मिकस्थल राधाकृष्ण मन्दिरकै हलमा वाम गठबन्धन ५ नम्बर वडा भेला सम्पन्न भएर कार्यकर्ताहरु खाजा खान हलबाट जादै गर्दा बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।

घाईते हुनेहरुमा ३१ वर्षीया सीता राई, ७ वर्षीय जैविक राई, ४५ वर्षीया लक्ष्मी साह, ५४ वर्षीय रत्नबहादुर बिक, ४८ वर्षीय कुन्ता खत्री, ३९ वर्षीय गोपाल बिक, ४५ वर्षीया दिलमाया राई, ५० वर्षीया यमुना काफ्ले लगाएतका रहेका छन ् । घाइते सीता र जैविक राई आमा छोरा रहेको वताइएको छ ।

बम विस्फोटमा परी घाइते भएका गोपाल बिक र यमुना काफ्लेको चन्द्रनिगाहपुर अस्पतालमा उपचार र अरु घाइतेलाई उपचारका लागि चितवन पठाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।

विस्फोट भएको बम कुन हो भन्ने सम्बन्धमा छानबिन भइरहेको र विस्फोटको जिम्मा कसैले पनि नलिएको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ