काठमाडौ २ मंसिर ।
ओखलढुङ्गामा वाम गठबन्धन र नेपाली काँग्रेसको चुनावी सभामा सहभागी हुन गएका कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी आज बिहान बम बिस्फोट भएको छ ।
सुनकोशी गाउँपालिका–७ च्यानममा बम विस्फोट भएको प्रहरी निरीक्षक सीता कार्कीले जानकारी दिनुभयो । विस्फोटमा मानवीय क्षति पनि भएको छैन ।
बिस्फोटका कारण सवारी साधनमा सामान्य क्षति भएको छ । घटना कसले गरेको भन्ने बारेमा थप अनुसन्धान भइरहेको कार्कीले जानकारी दिनुभयो ।
वाम गठबन्धनको चुनावी सभामा नेकपा एमालेका नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका महासचिव रामबहादुर थापाले सम्बोधन गर्ने कार्यक्रम छ ।
नेपाली काँग्रेसको चुनावीसभामा भने काँग्रेस प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाँणले सम्बोधन गर्ने कार्यक्रम छ । विभिन्न गाउँबाट कार्यकर्ता आइरहेका अवस्थामा बम विस्फोट भएको हो ।
यसैबीच लमजुङको बेंसीसहरस्थित ठाडोलाइनमा आज बिहान कित्ली बम फेला परेको छ । मर्स्याङ्दी पारी बाँझखेत जाने बाटो, लमजुङ जिल्ला सामुदायिक अस्पतालको गेट नजिक उतm वम फेला परेको थियो ।
चाउचाउको कार्टुनभित्र कित्लीजस्तो देखिने वस्तु देखिएपछि स्थानिएवासीले प्रहरीमा खबर गरेको र विहान साढे १० बजेतिर नेपाली सेनाले निष्क्रिय गरेको जानकारी वदएको छ ।
सेनाका अनुसार कित्लिभित्र बालुवा राखेर बालुवाभित्र सुतली राखि बनाइएको बमलाई २ पटकको प्रयासमा निष्क्रिय पार्न सफल भएको हो । प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले उक्त बम सेनाले निष्क्रिय पारेको पुष्टि गर्नु भएको छ ।
बिहान करीब ७ बजेतिर फोहरसँगै उक्त बम कांग्रेस पार्टी कार्यालयबाट करीब ५० र ६० मिटरको दुरीमा रहेको वताईएको छ ।
उक्त क्षेत्र वरपर अन्य सरकारी कार्यालय पनि रहेको र अन्य ठाउँमा पनि बम राखेको हुनसक्ने भन्दै नेपालि सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी गरेको छ ।
लमजुङको बेंसीसहरमा आज हुने कांग्रेसको आमसभालाई प्रभावित बनाउन बम पड्काएको र राखिएको हुनसक्ने कांग्रेस नेता कार्यकर्ताले बताएका छन् । सुरक्षा निकायले भने अज्ञात समुहले उतm वम राखेको र पड्काएको हुनसक्ने आंसंका गरेको छ ।