निर्वाचन सुरक्षाबारे छलफल गर्न प्रदेशस्तरीय बैठक बस्दै

निर्वाचन सुरक्षाबारे छलफल गर्न प्रदेशस्तरीय बैठक बस्दै

  • शनिबार, मंसिर २, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौ २ मंसिर ।
आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा प्रदेश नम्बर १ को सुरक्षा अवस्थाबारे छलफल गर्न विराटनगरमा आज प्रदेश स्तरीय सुरक्षा बैठक आज बस्दैछ ।

बैठकमा निर्वाचनको पूर्वसन्ध्यामा एक नम्वर प्रदेशमा पर्ने जिल्लाहरुको सुरक्षा अवस्थाबारे छलफल हुने मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिनुभयो ।

बैठकमा प्रदेश १ का १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका क्षेत्रीय प्रमुखहरुको सहभागिता रहनेछ ।

यसैगरी गृह सचिव मोहनकृष्ण सापकोटा, सबै सुरक्षा निकायका प्रमुखहरु, निर्वाचन आयुक्त नरेन्द्र दाहाल र सेनाको पूर्व पृतनाका पृतनापतिको समेत सहभागिता रहने जनाइएको छ ।

बैठकमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुले आ–आफ्नो जिल्लाको सुरक्षा अवस्था, सुरक्षा चुनौती र निर्वाचनका बेला अपनाउनुपर्ने योजनाबारे प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

त्यसपछि निर्वाचनमा अपनाइने विशेष सुरक्षा योजनाबारे छलफल गरी त्यसैअनुसारको योजना बनाइने एक सुरक्षा अधिकारीले बताए ।

निर्वाचन अघि विभिन्न उम्मेदवार र तिनका प्रचार टोलीमाथि भइरहेका आक्रमणको सन्दर्भमा सुरक्षा चुनौती बढेको भन्दै यसबारे विशेष छलफल हुने ती अधिकारीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ